fbpx

‘अहिले जुन गठबन्धन बनेको छ, यो अप्राकृतिक किसिमबाट बिनेको छ’:-डा. प्रकाशशरण महत

author

समाचारपाटी

२ हप्ता अगाडि

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताउनुभएको छ ।


शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिनुभयो । उहाँले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमहरुबाट स्पष्ट हुने बताउनु भयो । उहाँले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गर्नुभयो । उहाँले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताउनु भयो । उहाँले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली काँग्रेस सचेत र सजग रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिले जुन गठबन्धन बनेको छ, यो अप्राकृतिक किसिमबाट बिनेको छ । त्यहाँ एक अर्काप्रति विश्वास छैन । विभिन्न प्रदेश सरकार बनाउने क्रममा होस्, केन्द्रकै विभिन्न निर्णयमा होस्, नियालेर नै हेरिरहनुभएको छ । त्यहाँ विश्वासको रत्तिभर पनि अंश छैन । मुलतः अवसरको हिसावले कहाँकहाँ केके नियुक्ति गर्नुपर्छ, कसो गर्नुपर्छ, कहाँ कसको के भुमिका हुन्छ, बजेटमा पनि कसरी हामीले जुन एउटा अनुशासनमा लगिरहेका थियौँ, त्यो जनताबाट उठेको करको दुरुपयोग हुनु हुँदैन, त्यसको प्राथमिकताको आधारमा जनताकै पक्षमा खर्च हुनुपर्छ, जथाभावी गर्ने छुट कसैलाई छैन भन्ने मान्यताका साथ हामीले काम गरिरहेका थियौँ । कतिलाई त्यो चित्त बुझिरहेको रहेनछ । आफूखुशी गर्न पाइएन भन्ने लागिरहेको रहेछ । यो शुद्ध अवसर छोप्नका लागि बनेको गठबन्धन हो । त्यसैले आफ्नै बोझ, अविश्वास, बिरोधाभाषको बीचमा यो गठबन्धन बनेको छ । त्यही बोझले नै यसको पतन हुन्छ । छोटै समयमा पतन हुने निश्चित छ । त्यसैले यसमा हामीले धेरै चलखेल गरिरहनुपर्ने आवश्यकता छैन । पतन भइसकेपछि कसरी जाने भन्नेमा हामी अलर्ट छँदैछौँ । सचेत छौँ । केन्द्रको गठबन्धन बनाउने बारेमा केही कुराकानी भएको छैन, प्रदेशमा भयो होला ।’ 

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताउनु भयो । अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन