fbpx

विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन : अध्यक्ष शाह

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताउनुभएको छ । 


सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष शाहले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताउनुभएको हो । उहाँले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भएपनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको बताउनु भयो । उहाँले रेडबुकमा स्पष्टसँग विद्युत प्राधिकरण अन्र्तगत हुने खर्चहरु नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘विद्युत प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्तिकेन्द्रप्रति जवाफदेही छ ? रेड बुकले के भन्छ भने विद्युत प्राधिकरण जनताप्रति जवाफदेही छैन । सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो ।

किनकी ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने ? यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताव लेख्नै नहुने ? शिर्षक अनुसार गतिविधि सांसदहरुले जान्नै नहुने हो ? कुन ठाउँमा विद्युत प्रशारण बढाउँदै हुनुहुन्छ ? कहाँ सबस्टेशन बढाउँदै हुनुहुन्छ ? के रेडबुकमा आउनै नहुने हो त्यो क्रियाकलापहरु ।

यसरी अपारदर्शिता भनेकै भ्रष्टाचार होइन ? बक्यौता रकमहरु किन उठाउन पहल भइराखेको छैन ? अन्तिम आर्थिक वर्षमा नाफामा देखाएर दुनियाँलाई झुक्याउने ? एकातिर ठूल्ठूला व्यापारिक घरानाहरुलाई सेवा गर्ने । अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न । समयमा लाइन पनि दिनुपर्दैन । तर दण्ड ठोकी हाल्नुपर्छ ।’ 
उहाँले प्राधिकरणले आफुलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको बताउनु भयो । प्राधिकरणले व्यापारिक घरानाहरुलाई सेवा गरेको तर गाउँघरमा विद्युत प्रशारण गर्न नसकेको बताउनु भयो ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन