पोखरा महानगरपालिकाको १४ औँ नगरसभा !

author

समाचारपाटी

१ year अगाडि

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा जारी छ । पौष २९ गते सुरु भएको नगरसभा पोखरा सभागृहमा शुक्रबार पुनः बसेको हो । शुक्रबारको सभामा विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गरिएका छन् । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेले भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो । 

यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटले सार्वजनिक लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको छ । महानगरपालिकाको आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्न गठित समितिले समेत आफ्नो प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेको छ । समितिका संयोजक समेत रहेका वडा नं.४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले समितिको प्रतिवेदन छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको हो । आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्नका लागि २९ पौषको सभाले अध्यक्ष पराजुलीको संयोजकत्वमा १३ सदस्यीय विशेष समिति गठन गरेको थियो । 

आर्थिक ऐनमा भएका व्यवस्थाका सम्बन्धमा समितिले विभिन्न सरोकारवाला निकाय तथा विज्ञहरू समेतसँग छलफल गरी तयार गरेको प्रतिवेदन बिहीबार कार्यपालिकाबाट पास गरी शुक्रबार आवश्यक सुझाव सहित अनुमोदनका लागि नगरसभामा पेस गरेको हो । यसको टुङ्गो भने २८ गते आइतबार बस्ने नगरसभाको अर्को बैठकले लगाउने सभाका अध्यक्ष एवं नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार सभामा पेस भएका विधेयक तथा प्रतिवेदन माथि आइतबार गहन छलफल हुनेछ । 

विधायन समितिको तर्फबाट पेस गरिएका विधेयकहरू, न्यायिक समितिको प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन, आर्थिक ऐन अध्ययन विशेष समितिले पेस गरेको प्रतिवेदन माथि छलफलका लागि ४४ जना नगरसभा सदस्यहरूले नाम टिपाएका छन् । उनीहरूले आइतबारको बैठकमा आ–आफ्नो धारणा राख्नेछन् । शुक्रबारको बैठकमा दलका नेताहरू नेपाली काँग्रेसको तर्फबाट दलका नेता दिवसमान प्रधानाङ्ग र नेकपा एमालेको तर्फबाट दलकी नेतृ राधिका कुमारी शाही योगीले भनाइ राख्नु भएको छ । 


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन