पाकिस्तान पनि चरम आर्थिक संकटमा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । राजनीतिक अस्थिरताले घेरिएको पाकिस्तान अहिले आर्थिक रुपमा समस्याग्रस्त छ । अर्थशास्त्रीहरुका अनुसार जलवायु परिवर्तन, कोभिड–१९ महामारी, युक्रेनमा जारी युद्व, विश्वव्यापी आर्थिक मन्दी र मुख्यतः आन्तरिक राजनीतिक अदूर्शिताले पाकिस्तानी अर्थतन्त्रलाई घुँडा टेक्ने अवस्थामा पुर्याएको छ ।

पाकिस्तानमा पेट्रोल, बिजुली, ग्याँस झन्–झन् महँगो हुँदै गएको छ । महँगो ऊर्जा र ऊर्जाको अभावका कारण कलकारखानाहरु बन्द हुन थालेका छन् । यसरी आन्तरिक उत्पादन खस्किदै गर्दा बेरोजगारी दर झन् बढ्दै गएको छ ।

पाकिस्तानले भुक्तानी सन्तुलनको गम्भीर संकट थेगिरहेको छ । १३० अर्ब अमेरिकी डलर कुल वैदेशिक ऋण रहेको पाकिस्तानले यो आर्थिक वर्षमा मात्रै आठ अर्ब डलर ऋण तिर्न बाँकी छ । त्यसका लागि डलरै चाहिन्छ । पाकिस्तासँग डलरको स्रोत यसैपनि सीमित छ । विदेशी मुद्रा सञ्चिति डलरमा ऋण भुक्तानी गर्न सक्ने तहमा छैन ।

विदेशी मुद्रा सञ्चिति कम रहेसम्म पाकिस्तानी रुपैयाँ दबाबमा रहने पक्का छ ।

आर्थिक नीतिगत प्रतिबन्धहरुबीच आयातकर्ता चर्को दबाब छन् । ढुवानी कन्टेनरहरू बन्दरगाहहरूमा थुप्रिएका छन् । रुपैयाँको अवमूल्यनले बन्दरगाहमा आइपुगेका समान छुटाउन कठिन परिरहेको छ ।

पाकिस्तानमा स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रममा धेरै खर्च हुन्छ । अहिले राजस्वमा गिरावट आएकोले सार्वजनिक वित्त क्षेत्र तनावमा छ । बढ्दो खर्चहरूलाई स्वदेशी र विदेशबाट वित्तपोषण गर्न ठूलो ऋण अनिवार्य छ ।

यो संकट गहिरिए आर्थिक वृद्धिदरमा धक्का लाग्ने त छँदैछ, करिब ३३ करोड पाकिस्तानी ठूलो सकसमा पर्नेछन् । पछिल्लो १० महिनामा पाकिस्तानीको क्रयशक्ति झण्डै ३० प्रतिशतले घटिसकेको छ ।

पाकिस्तान सरकारले संकट समाधानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ लाई गुहारेको छ । त्यसैले, सबैको मंगलबारदेखि इस्लामावाद भ्रमण सुरु गरेको आईएमएफको मिसनतर्फ छ । उसका शर्तहरु मानेर ऋण लिएपछि यो संकट टर्ने धेरैको आशा छ ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन