fbpx

लुटपाट र तोडफोडमा संलग्नलाई नेपाल मोबाइल व्यवसायी महासंघद्वारा कानुन बमोजिम कारबाहीकाे माग

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ । महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।

यातायात मजदुरहरुले ट्राफिक प्रहरीले लिने जरिवाना लगायतको विरोध गर्दै सोमबार दिउँसो काठमाडौंको बालाजु माछापोखरी र गोंगबु नयाँ बसपार्क अगाडि विरोध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन अनियन्त्रित हुँदा प्रहरी भ्यान र प्रहरी बिटमा आगजनी भएको थियो । साथै बेलुकीपख मानिसहरुको भिडले नयाँबसपार्क क्षेत्रभित्र रहेको ल्होत्से मलमा तोडफोड गर्दै मोबाइल पसलमा लुटपाट गरेको थियो ।

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यो घटनाबाट हाम्रो सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुन्छ । यसको सम्पूर्ण क्षतिपूर्ति हामीलाई राज्यले दिनुपर्छ ।’

सोमबारको घटनाले नेपालमा निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको उहाँको टिप्पणी छ । त्यसैले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने निर्णय आफूहरुले गरेको भट्टराईले बताउनुभयाे । आज मध्याह्न १२ बजे ल्होत्से मलमा पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी गराउँदै आफूहरुका माग सार्वजनिक गर्ने उहाँले बताउनुभयाे ।

सामाजिक सन्जालमा सार्वजनिक भएका भिडियाेहरुमा ल्होत्से मलको सिसा फुटाएर युवाहरु भित्र प्रवेश गरेको र मोबाइल पसलमा लुटपाट गरेको देखिन्छ । अर्को एक भिडियाेमा पसलको सटर खोलेर मोबाइल लुटिरहेको देखिन्छ ।

नेपाल मोबाइल व्यवसायी महासंघले लुटपाट र तोडफोडमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेको छ ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि