पोखरा । नेपाल लिट्रेचर फेस्टिभलमा पुस्तक र पुस्तकालयको वर्तमान अवस्था तथाव आश्यकताका विषयमा छलफल भएको छ। किन पुस्तक र पुस्तकालय शिर्षकको सत्रमा लाइब्रेरियन इन्दिरा दली, बाल साहित्य लेखक अनुराधा र पुस्तक पारखी जसना गुरुङसँग पत्रकार विमल आचार्यले उक्त विषयमा कुरा गर्नुभएकाे हाे।
भुकम्पले भत्काएका भौतिक संरचना बन्दा ठूलो उपलब्धि मान्दा राष्ट्रिय पुस्तकालयका पुस्तकहरू बोरामा कोच्नु परेको प्रसंगबाट सत्रको सुरुवात भएको थियो। मेरो घर नजिकै जम्प भन्ने एउटा ठाउँ दुई तिन महिना लगाएर खोल्यो। त्यो बच्चाहरूलाई स्पोन्जको भर्याङमा लडाउने उफार्ने ठाउँ रहेछ। त्यहाँ एक घण्टाको एक हजार लिने रहेछ, मान्छेहरूको भिड उस्तै थियो। लामो समयदेखि पुस्तकालय निर्माणका लागि अभियानमा लागेकी दलीले भन्नुभयाे, तर, नेपालमा एक त पढ्ने बानी विकास भएकै छैन। राज्यले सिरियसली लिएकै छैन। राज्य रेस्पोन्सिवल छ त्यसका साथै हामी पब्लिक पनि रेस्पोन्सिवल छौँ।
भुकम्पपछि राष्ट्रिय पुस्तकालय बनाउनका लागि पटक पटक मन्त्रालय धाउँदा पनि निराश हुनु परेको अनुभव उहाँले
सुनाउनुभयाे। त्यति वेला नै पुस्तकालयलाई लिएर राज्य कत्तिको गम्भिर छ भन्ने कुरा महशुश भएको पनि उहाँले जिकिर गर्नुभयाे।
नेपालमा पुस्तकालय एकदमै कम छन् र भएका मध्ये पनि अधिकांशको अवस्था नाजुक छ। यस्तोमा तपाईं कसरी पढिरहनुभएको छ? भन्ने आचार्यको प्रश्नमा जसनाले भन्नुभयाे, पहिले जब नहुँदा पकेट मनी जम्मा गरेर बुक किन्ने
गर्थेँ। जन्मदिनमा अरु कुरा दिनुभन्दा एक अर्कालाई किताब दिने गथ्र्यौँ। अहिले चाहिँ जब भएकाले आफ्नो स्यालरी आउँदा निश्चित पैसा किताबका लागि नै छुट्टाउने गरेको छु। तर, किताब महंगा हुने भएकाले महिनाको ३ हजार छुट्टाउँदा पनि तीनवटा किताब आउँदैन। त्यसैले पुस्तकालयहरू एकदमै इम्पोर्टेन्ट छन्।
नेपालीको पढ्ने बानी नरहेका कारण पुस्तकालय निर्माणमा चासो नदेखाएकाले पनि अहिलेको अवस्था आएको आचार्यले बताउनुभयाे। उहाँले भन्नुभयाे,पुस्तकालयका लागि बजेट छुट्टाइरहेको हुन्छ। लेखक, पाठकले त्यहाँ गएर मलाई यो पुस्तक चाहियो भनेर भनेको भए यो सात वर्षमा पुस्तकालय बन्थ्यो होला। किताब बोरामा थन्किएर बस्थेन होला। राज्यको मात्रै दोष कि हाम्रो पनि? आचार्यको प्रश्नलाई सम्बोधन गर्दै इन्दिराले भन्नुभयाे, सरकारले दिने गरेको स्कुलका लागि हो। नेपालमा पब्लिक
लाइब्रेरि सिस्टम डेभलभ भएकै छैन। जे जति लाइब्रेरी खुलेको छ त्यो समूदाय तवरबाट भइरहेको छ। गोभरमेन्टले रेगुलर बजेट दिएर खोलेको लाइब्रेरी होइन।
आफूहरूले सरकारसँग राष्ट्रिय स्तरको एउटा, प्रदेशमा प्रदेश स्तरको सातवटा त्यस्तै नगरपालिका र वडा स्तरमा पनि
लाइब्रेरी बनाउन तथाम हरेक लाइब्रेरीमा बनाएर बच्चाहरूको लागि, युवाहरूको लागि विभिन्न सेक्सन छुट्टाउनका लागि प्रस्ताव गरेको र त्यसको कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएको उहाँले बताउनुभयाे। साथै यस्तो हुनुमा एउटा कारण मानिसहरू सचेत नहुनु पनि रहेको उहाँले जोड्नुभयाे।
मान्छेहरू सचेत नहुनुको कारण पनि बताउँदै उहाँले भन्नुभयाे, पब्लिकमा पढ्ने बानी किन भएन भने हामीलाई बच्चैदेखि लाइब्रेरी जाने किताब पढ्ने बानी सिकाइएन। त्यसकै कारण हाम्रोमा लाइब्रेरी चाहियो भनेर मान्छेहरूले जुलुस गरेको छैन।
साथै पुस्तकालय निर्माणमा राजनीतिक नेताहरूको गम्भिरता देखेर उनीहरू मान्छेले पढुन्, शिक्षित होउन भन्ने पक्षमा नरहेको कुरा आफूले खुलेर भन्न सक्ने पनि बताउनुभयाे।
बालबालिकालाई पुस्तक पढाउनुपर्छ भनेर अभिभावक कत्तिको सचेत छन् भन्ने प्रश्नमा अनुराधाले भन्नुभयाे, हाम्रो समाज, शिक्षा प्रणाली यसरी बसेको छ कि घोकेर, रटेर पढ्ने विद्यालयलाई मात्रै हामी महत्व दिन्छौँ। कथाका पुस्तकलाई हामीले खासै महत्व दिँदैनौँ। त्यसमा दोष अभिभावकको मात्रै पनि छैन। कति अभिभावकले आफू सानो हुँदा साहित्य पढ्ने अवसर पाउनुभएन।
तर, अहिले भने अवस्था फेरिँदै गएको उहाँले बताउनुभयाे। उहाँले भन्नुभयाे, धेरैले बुझ्दै पनि जानुभएको छ। विद्यालयले पनि कथाका पुस्तकलाई कोर्समा राखेर पढाइराख्नुभएको छ।
कोर्स बाहेकका पुस्तकलाई महत्व नदिँदा पनि समस्या आएको भन्दैबाल साहित्यलाई भिटामिनको रुपमा प्रयोग गर्नूपर्नेमा उहाँले जोड दिनुभयाे। बाल पत्रिकाहरूले बालबालिकाको सिर्जनात्मकता बढाउनुका साथै उनीहरूको मानसिक स्वस्थ्यमा पनि सकरात्मक प्रभाव पार्ने जनाउँदै आचार्यले त्यस्ता पत्रिका बन्द हुनु दुखद रहेको जिकिर गर्नुभयाे। साथै ठूला मिडिया हाउसहरूले त्यस्ता पत्रिका पूनः सुचारु गर्नुपर्नेमा उहाँले जोड दिनुभयाे।