fbpx

नेपाली चलचित्रलाई गैरनेपालीहरुले पनि हेर्ने स्तरको बनाउन आवश्यकः गणेशप्रसाद तिमिल्सिना

author

समाचारपाटी

२ महिना अगाडि

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली चलचित्रलाई गैरनेपालीहरुले पनि हेर्ने स्तरको बनाउन आवश्यक रहेको बताउनुभएको छ । 

बिहीवार ईन्टरनेशनल नेटवर्क अफ नेपालीज फिल्ममेकर्स (आईएनएनएफ) अर्थात नेपाली चलचित्रकर्मीहरुको अन्तर्राष्ट्रिय सञ्जालको प्रथम साधारण सभाको सन्दर्भमा आयोजित ‘सीमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया तथा चलचित्र स्वर्णिम सम्मान—०८० कार्यक्रमको अवसरमा काठमडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली सिने क्षेत्रलाई अब सीमाना पारी पनि बिस्तार गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले सीमाना पारी पुगेका नेपालीहरु समक्ष र गैर नेपालीहरुले हेर्नसक्ने गरी नेपाली चलचित्रको स्तर वृद्धि गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अब नेपाली सिने जगत अरुसँग पनि प्रतिष्पर्धा गर्नसक्ने किसिमले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाली सिने क्षेत्रलाई अब सीमाना पारी अहिलेको विज्ञान प्रविधिको कारणले पनि हामीले नयाँ पन लिएर जानुपर्ने होला । बाहिर सीमाना पारी भनेर नेपाली जहाँ जहाँ पुगेका छन्, त्यहाँ मात्रै होइन, गैर नेपालीले पनि हेर्न रुचाउने सिनेमा बनाउनुपर्छ । त्यो स्तरको चाहिन्छ । अब नेपाली सिने जगत अरुसँग पनि प्रतिष्पर्धा गर्नसक्ने किसिमले अघि बढ्नुपर्छ ।’

कार्यक्रममा बोल्दै कलाकार नीर शाहले चलचित्र क्षेत्रको यो अवस्था हुनुमा चलचित्रकर्मीहरु नै दोषी रहेको बताउनु भयो । उहाँले निकृष्टताको सीमा नाघ्न तयार हुने तर उत्कृष्टताको सीमा नाघ्न कन्जुस्याँई गर्ने काम चलचित्रकर्मीहरुबाटै भएको दाबी गर्नुभयो । उहाँले चलचित्रकर्मीहरुले राम्रो नीति त्यागेर नराम्रा नीतिहरु अवलम्वन गरिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘एउटै कुरामा मेरो असहमति छ । चलचित्र कर्मको यो गति हुनुमा राज्य दोषी होइन, चलचित्र कर्मको यो गति हुनुमा चलचित्रकर्मी नै दोषी छन् । शत प्रतिशत । आँखा चिम्लिएर आफैँ मनन गर्नुस्, सबै स्ष्टि हुन्छ । निकृष्टताको सीमा बरु नाघौँला, उत्कृष्टताको सीमा नाघ्न हामी कन्जुस्याँइ गरिरहेका छन् । सप्रिनुपर्ने पनि चलचित्रकर्मी नै छन् । राम्रा नीति त्यागेर नराम्रा नीति अवलम्वन गर्नेहरु चलचित्रकर्मी नै छन् ।’

उहाँले चलचित्रकर्मीहरुले आत्मआलोचना र स्वविश्लेषण गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नीर शाह, उद्वव पौडेल, भुवन चन्द, मुकुन्द किशोर भट्टराई र नरेन्द्र खड्कालाई सम्मान गरिएको थियो । साथै चलचित्र क्षेत्रमा योगदान दिने रमेश बुढाथोकी, राजकुमार राई, गौरी मल्ल, रविन्द्र खड्का र करिष्मा मानन्धरलाई सम्मान गरिएको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, बैशाख २०, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन