fbpx

‘कर्णालीमा अनुदान दिन आवश्यक छैन, त्यसले गर्दाखेरी जनतालाई अल्छि बनाएको छ’:-नरबहादुर बिष्ट

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले कर्णाली प्रदेशमा खाद्यान्न र नुनमा अनुदान दिनु नहुने बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै राष्ट्रिय सभा सदस्य बिष्टले कर्णाली प्रदेशमा खाद्यान्न र नुनमा अनुदान दिनु नहुने बताउनुभएको हो । उहाँले कर्णालीका जनतालाई अल्छि बनाउनका लागि राज्यले खाद्यान्न र नुन अनुदानमा दिने गरेको बताउनु भयो । कर्णालीका जनतालाई नुन दिएर बेकुफ बनाउने गरिएको उहाँको भनाई छ । उहाँले खाद्यान्नमा दिइने अर्बौँ रुपैयाँको अनुदान रैथाने बालिका लागि र सिंचाई सुविधाका लागि दिन माग गर्नुभयो । उहाँले विकास निर्माण र उत्पादनका काममा अनुदान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो–‘कर्णालीलाई खाद्य अनुदान दिने गरेको छ । जहाँ कर्णालीका खाद्य वस्तुहरु, त्यहाँको रैथाने बालीहरु फापर, कोदो, ढिँडोदेखि लिएर थुप्रै खालका वस्तुहरु छन् । त्यो वस्तुले अहिले बजारिकरणका लागि काठमाडौंमा थुप्रै मागहरु भएको छ । तर कर्णालीका जनतालाई अल्छि बनाउनका लागि राज्यले पन्चायतकालदेखि खाद्य दिने, नुन दिने । नुन दिएर कर्णालीका मान्छेलाई बेकुफ बनाउने जुनखालको प्रवृत्ति छ, त्यसको अन्त्य गर्नुपर्छ । किनकी अर्बौं रुपैयाँको खाद्य जान्छ । तर त्यो अर्बौं रुपैयाँ कर्णालीका जनतालाई मार्सि धानदेखि लिएर थुप्रै खालका रैथानी बालिलाई त्यसको सिंचाई सुविधाको लागि कर्णाली प्रदेशमा, अर्बौं रुपैयाँ जाने नुनमा अनुदान दिन आवश्यक छैन । चामल अनुदान दिन आवश्यक छैन । त्यसले गर्दाखेरी कर्णालीका जनतालाई अल्छि बनाएको छ । राज्यको तर्फबाट अल्छि बनाएको छ । विकास निर्माणमा अनुदान दिउँ । सिंचाईमा अनुदान दिउँ । उत्पादनमा दिउँ । स्याउँमा दिउँ । ढुवानीमा अनुदान दिउँ । नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’राष्ट्रिय सभा सदस्य बिष्टले कर्णालीका रैथाने खाद्यबालिहरुलाई बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन