fbpx

‘सरकार बन्ने, भत्किने जुन खालको प्रक्रिया छ यसले देशलाई स्थिरता दिदैनँ’:-सांसद प्रदीप पौडेल

author

समाचारपाटी

२ महिना अगाडि

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताउनुभएको छ । 


बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले प्रधानमन्त्री अस्थिर भएको बताउनुभएको हो । उहाँले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री अस्थिरताको पक्षपाति भएको बताउनु भयो । उहाँले गठबन्धनहरु प्रधानमन्त्रीको कारण नभइ अरुको कारणले टुट्नुपर्ने भएपनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धनहरु टुट्ने गरेको बताउनु भयो । उहाँले वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने बताउनु भयो । उहाँले यस प्रकारले सरकार बन्ने र भत्किने प्रक्रियाले देशलाई स्थिरता नदिने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीज्यूले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिनुभएको छ । एक वर्षमै तीन पटक विश्वासको मत लिनुपर्ने भएपछि प्रधानमन्त्री नै स्थिर भएको देखिएन । अस्थिरताको पक्षपाति नै प्रधानमन्त्री हुनुभएको जस्तो देखिएको छ । र गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा प्रधानमन्त्री सफल देखिनु भएको छैन । खासगरी के हुन्छ भने गठबन्धनमा नेतृत्व गरेको दलले अथवा प्रधानमन्त्रीको कारणले गठबन्धन टुट्दैन । गठबन्धनमा आवद्ध अरुको कारणले गठबन्धन टुट्ने गर्छ । तर अहिले र यो भन्दा अगाडी के भएको छ भने प्रधानमन्त्री जो सरकारको नेतृत्व गर्नुहुन्छ, गठबन्धनको नेतृत्व गर्नुहुन्छ, उहाँकै कारणले गठबन्धन पटक–पटक तोडिएको छ । भत्किएको छ । त्यसकारण यो धेरै स्थिर हुन्छ भन्ने मलाई लाग्दैन । सरकार बन्ने, भत्किने जुन खालको प्रक्रिया छ यसले देशलाई स्थिरता दिदैनँ । हामीले यो संविधानलाई बचाउन, समृद्धि ल्याउन सक्दैनौँ । त्यसकारण हाम्रो शुभकामना के हो भने पुष्पकमल दाहालले अहिले जुन विश्वासको मत प्राप्त गर्नुभएको छ, अरुले भत्काउने कोसिस गरेपनि उहाँले गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफुलाई टिकाउने कोशिस गर्नुस् । त्यसमा हाम्रो शुभकामना छ । अब यो भत्किने प्रयास त भइ नै रहन्छ ।’ 
सांसद पौडेलले वर्तमान गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफूलाई टिकाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन