fbpx

उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा परेनः नेता प्रदीप पौडेल

author

समाचारपाटी

३ महिना अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउनु नहुने बताउनुभएको छ । 

शुक्रवार नेपाल विद्यार्थी संघले काठमाडौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले विश्व विद्यालय कुनै राजनीतिक दलको भागबण्डाको आधारमा चलाउनु गलत भएको बताउनु भयो । उहाँले विश्व विद्यालयको स्वच्छ प्रतिष्पर्धाको आधारमा सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको वर्तमान अवस्थालाई सम्हाल्न सक्ने र बुझ्नसक्ने एवं विश्वविद्यालयमा सुशासन कायम राख्नसक्ने व्यक्तिलाई सरकारले छनोट गर्न आवश्यक रहेको बताउनु भयो । नेता पौडेलले उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा पर्न छोडेको भन्दै बताउनु भयो । उहाँले नेपाललाई कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो ? भन्ने विषयमा सरकार स्पष्ट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली समाजलाई कस्तो बनाउने भन्नेमा समेत सरकार प्रष्ट नभएको बताउनु भयो । उहाँले अमेरिकामा अध्ययन र अनुसन्धानको लागि कुल बजेटको ७ प्रतिशत छुट्याउने गरेको उदाहराण् दिँदै नेपालले अध्ययन र अनुसन्धानको निम्ति १ प्रतिशत पनि बजेट नछुट्याएको गुनासो गर्नुभयो । उहाँले अध्ययन र अनुसन्धान सरकारको प्राथमिकतामा नपरेको बताउनु भयो । उहाँले अनुसन्धान विश्व विद्यालय उच्च शिक्षासँग जोडिएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो,‘विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा अगाडि बढाउनु हुँदैन । विश्व विद्यालय कसले राम्रोसँग अगाडि बढाउन सक्छ । विश्व विद्यालयमा सुशासन कसले कायम राख्नसक्छ त्यसका आधारमा विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुपर्छ । उच्च शिक्षा अध्ययनको विषय नै राज्यको प्राथमिकतामा पर्दैन भने देशले उन्नति गर्न सक्दैन । नेपाललाई आवश्यक पर्ने कुन क्षेत्रको जनशक्ति कति हो त्यसको बारेमा पनि सरकार प्रष्ट छैन । नेपाली समाजलाई कस्तो बनाउन खोजिएको हो त्यसको बारेमा पनि प्रष्ट छैनौं । पूर्वाधारको कसरी प्रयोग गर्ने र पूर्वाधार प्रयोग गर्ने दक्ष जनशक्ति कसरी उत्पादन गर्ने विषयमा पनि प्रष्ट छैनौं । नेपालको तत्कालिन समस्या हल गर्नका निम्ति कस्तो जनशक्ति तयार गर्नुपर्छ भन्ने बारेमा पनि प्रष्ट छैनौं । अमेरिकामा अध्ययन र अनुसन्धानको लागि कुल बजेटको ७ प्रतिशत छुट्याएको थियो । हाम्रो देशमा सरकारले अध्ययन र अनुसन्धानको निम्ति १ प्रतिशत बजेट पनि छुट्याएको हुँदैन । अध्ययन र अनुसन्धान पनि सरकारको प्राथमिकतामा परेको छैन । अनुसन्धान विश्व विद्यालय उच्च शिक्षासँग जोडिएको हुन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गराउने नेपालले उच्च शिक्षा दिइरहेको हो भने त्यहीअनुसार बुझ्नु परो । नेपालमा उपयोगी नागरिक उत्पादन गर्न सरकारले उच्च शिक्षा दिइरहेको हो भने हाम्रो उच्च शिक्षा नेपाली मौलिकतासँग कहाँ जोडिएको छ । मुलुकको स्रोत र आर्थिक समृद्धिसँग कहाँ जोडिएको छ । हाम्रो स्रोतलाई चिनाउन नसक्ने विश्व विद्यालयको शिक्षाले सरकारको स्रोत उपयोग गर्न सक्ने नागरिक प्राप्त गर्नसक्छौं । नेपालको लागि आवश्यक डाक्टर,इन्जिनियर,अर्थशास्त्री लगायत देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने दायित्व कसको हो ।उच्च शिक्षाले मात्रै देशलाई आवश्यक जनशक्ति प्राप्त हुनसक्छ । त्यो राज्यको दायित्व हो । उच्च शिक्षा औपचारिक मात्रै हुन्छ भन्ने छैन । हरेक मानिसको सीप विश्व विद्यालयको डिग्रिसँग जोडिएन ।’उहाँले सरकारले दिएको शिक्षा मुलुकको स्रोत र आर्थिक समृद्धिसँग नजोडिएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’