fbpx

‘प्रधानमन्त्रीज्युले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन शुरु गर्नुभएको छ’:-जितजंग बस्नेत

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई फुटबल ठानेको आरोप लगाउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिका छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले आफूलाई स्ट्राइकर ठानेर उथलपुथल गर्ने लगायतका अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको उदाहरण दिँदै उहाँले प्रधानमन्त्री दाहाललाई खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम हुने भन्दै चेतावनी दिनुभयो । उहाँले प्रधानमन्त्रीले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभन्नुभएको भए पदीय गरिमा जोगिने बताउनु भयो । उहाँले सरकार चलाउन रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गर्नु जस्तो सहज नहुने बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन शुरु गर्नुभएको भन्दै घण्टी भ्रष्टाचारीको कानमा, सुशासनको पक्षमा, संविधान र लोकतन्त्रको रक्षाका लागि बजाउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यस नयाँ मन्त्रीपरिषद्ले जनतामा देखिएको निराशा र बादलहरु हटाएर आशाका किरणहरु छर्नेछन् भन्नेकुरामा हामी पनि विश्वास गर्दछौँ । यो विश्वास मेरो मात्र नभइ देश र विदेशमा रहनुभएका ३ करोड नेपालीहरुको हो । यति हेक्का राख्नुहोस्, यस विश्वास र रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गरेजस्तो हुँदैन । सम्माननीय प्रधानमन्त्रीज्युले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन शुरु गर्नुभएको छ । सम्माननीयज्युले बोकेर हिँड्नुभएको घण्टी नयाँ छ, घाममा बसेर बजाउनु होला । घाममा बसेर बजाउन खोज्नुभएको त्यो घण्टी बलियो गरी बजोस् । भ्रष्टाचारीको कानमा बजोस् । सुशासनको पक्षमा बजोस् । संविधान र लोकतन्त्रको रक्षाका लागि बजोस् । प्रधानमन्त्रीज्युले देश र जनतालाई फुटबल सम्झिनुभएको भन्ने म दोधारमा परेको छु । स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको हामीले देखेका छौँ । प्रधानमन्त्रीज्युले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभन्नुभएको भए पदीय गरिमा जोगिन्थ्यो होला । कहिले कहीँ खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम पनि हुन्छ । आफूलाई स्ट्राइकर सम्झिनुभएको छ, यो नबिर्सिनुहोला ।’   
उहाँले बिरोधाभाष नै प्रधानमन्त्रीको रोजाइ रहेको बताउनु भयो । 


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन