fbpx

राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन:- केपी शर्माओली

author

समाचारपाटी

२ हप्ता अगाडि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनैपनि प्रयास सफल हुने सम्भावना नरहेको बताउनुभएको छ ।


शनिवार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिनिध परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट बिस्थापित राजतन्त्र पुनस्र्थापना नहुनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्र विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनस्र्थापना हुनै नसक्ने जिकिर समेत गर्नुभयो । उहाँले प्रतिकुल राजनीतिक शक्ति सन्तुलनका बीचमा पनि सकारात्मक शक्तिहरुलाई गोलबन्द गर्दै स्थायित्वका लागि प्रयास गर्नु, राष्ट्रियताका आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अगाडि बढाउन एमालेले प्रभावकारी भुमिका खेल्नुपर्ने पनि बताउनु भयो । 

ओलीले भन्नुभयो, ‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट बिस्थापित राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन । यसमा हामी ढुक्क भए हुन्छ । यो इतिहासको चक्र पछाडि फर्कनेवाला छैन । लोकतान्त्रिक गणतन्त्रको प्रणाली संचालनमा समस्या देखिएका हुन सक्छन । संविधानले परिकल्पना गरेको न्यायपूर्ण समतामूलक लोकतान्त्रिक र समृद्ध समाजको निर्माणमा विलम्ब भईरहेको हुनसक्छ । तर यस समस्याको विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनस्र्थापना हुनै सक्दैन । सामाजिक असन्तुष्टिको लाभ यस्ता पक्षले उठाउन नपाउन भन्ने कुरामा सहज रहँदै त्यसलाई सम्बोधन गर्न हामी विशेष संवेदनशील रहनु पर्छ । प्रतिकुल राजनीतिक शक्ति सन्तुलनका बीचमा पनि सकारात्मक शक्तिहरुलाई गोलबन्द गर्दै स्थायित्वका लागि प्रयास गर्नु, राष्ट्रियताका आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अगाडि बढाउन पार्टीले प्रभावकारी भुमिका खेल्न जरुरी छ । ’अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने काममा एमाले गम्भिर भएर लाग्नुपर्ने समेत बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक