fbpx

खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना

author

समाचारपाटी

२ हप्ता अगाडि

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधनका लागि छलफल र सुझाव संकलन प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को पूर्णरूपमा कार्यान्वयन नभएको अवस्थामा खेलकुद मन्त्रालयले संशोधन प्रक्रिया अगाडि बढाएको हो । यो ऐनअनुरूप समान प्रकृतिका खेलको समानान्तर दुई संघ हुनु हुँदैन र खेलकुदका कर्मचारी संघमा बस्न पाउने छैनन् । यद्यपि, अहिले पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दोका दुई संघ समानान्तर रूपमा विद्यमान छन् । परिषद्का कर्मचारी पनि अटेर खेल संघमा बसेका छन् । ऐनमा समावेश गर्न छुटेका विषय राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को पनि कार्यान्वयन पूर्णरूपमा पालना हुन सकेको छैन । 

नियमावलीअनुसार प्रत्येक राष्ट्रिय संघले आफ्नो विधान राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्विकृत गराउनु पर्छ । यद्यपि, नेपाल तेक्वान्दो संघ, अखिल नेपाल फुटबल संघ र नेपाल स्की संघले नियमावलीको पालना गरेका छैनन् । यद्यपि, विद्यमान ऐन र नियमावाली नै पालना नभएको अवस्थामा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नयाँ खेलकुद नीति निर्माण गर्ने भन्दै छलफल अगाडि बढाउनुभएको छ ।  

शुक्रवार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा युवा तथा खेलकुद मन्त्रालयले वृहत छलफल र सुझाव संकलन कार्यक्रमको शुरूवात भएको हो । छलफलको शुरूवातमा मन्त्रालयले राष्ट्रिय खेल संघका अध्यक्ष र महासचिवसँग सुझाव संकलन गरेको छ । राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को पूर्णपालना नगरेको नेपालका तेक्वान्दो महासंघका महासचिव दीपराज गुरुङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवले नै संघहरु पूर्णरुपमा स्वायत्त हुनुपर्ने र ऐन निर्माणमा संघकै भुमिका रहनुपर्ने जस्ता धारणा राख्नुभयो ।  

सो छलफलमा ५० भन्दा बढी संघको सहभागीता रहेको थियो । अधिकांश सहभागी संघका पदाधिकारीले संघको स्वायत्तताको विषयमा जोड दिए । साथै  प्रदेश र संघबीचको नीतिले समस्या भएको कारण नीतिमा परिमार्जनमा जोड दिएका छन् । योसँगै लिखित रूपमा र भौतिक रूपमा मन्त्रालयमा पुगेर पनि सुझाव दिनसक्ने व्यस्था रहेको जानकारी पनि मन्त्रालयले जानकारी गराएको छ ।

खेलकुदमन्त्री श्रेष्ठले सबैको सल्लाह सुझावलाई मन्त्रालयले मनन गर्ने भन्दै नीति र ऐेनमा संघको सहभागीता प्रमुख रहेको बताउनु भयो । साथै मन्त्री श्रेष्ठले सुशासन र वित्तीय सुशासनमा मन्त्रालय निर्मम रहने पनि स्पष्ट पार्नुभयो । अब मन्त्रालयले खेलाडी, प्रशिक्षक, रेफ्री, कर्मचारी, पत्रकार लगायतका सरोकारवालासँग पनि यही कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ । 


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...