fbpx

ओलीको टिप्पणी, मुर्खहरुले मात्रै राजतन्त्र मान्छन्

author

समाचारपाटी

५ महिना अगाडि

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ । 


राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गर्नुभयो । शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भएपनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र हुनै नसक्ने तर्क गर्नुभयो । एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरुले मात्रै गर्ने ओलीको भनाई थियो । उहाँले बिहीवार दुर्गा प्रसाईको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रर्दशनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताउनु भयो । ओलीले युवा संघ, नेपालको प्रदर्शनलाई भने देशलाई संकटबाट जोगाउनका लागि भएको भन्दै धन्यवाद दिनुभयो । 


उहाँले भन्नु भयो,  ‘केहीकेही तत्वहरु १५ वर्ष अघि फ्याँलीसकिएका, हेर्दाहेर्दा वाक्क, ब्याक्क, दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो । र, यो काम लाग्ने चिजनै होइन रहेछ । राजनीतिक रुपले, वैचारिक रुपले, सैद्धान्तिक रुपले, कुनै हिसावले पनि राजतन्त्र, एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुन जन्मिने । अरुका छोराछोरीले मरिमेटेर काम गरेपनि हुन नपाउने । यस्तो अन्यायपूर्ण विचार बोक्नेहरु । मैले पटक भने–फेरि चित्त दुखाउछन मान्छेले । मैले बोल्दाखेरी भनेँ– कित चेतनानै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा, जन्मिदै राष्ट्रप्रमुख हुन नन्मिन्छ । लाटो जन्मिन्छ कि । गजाडी जन्मिन्छ कि । ड्रगिष्ट भएर जन्मिन्छ कि । कस्तो भएर जन्मिन्छ ? लफंगा भएर जन्मिन्छ कि ? थाहा छैन । जन्मिदै राजा हुने । त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी । नागरिक सर्वोच्चता स्विकार नगर्ने । देशभरीका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने । एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने । त्यो चेतना चेतना हो र । त्यो त मुर्खता हो नि । होला, कतिपय देशले ऐतिहासिक कारणले सम्झौता गरेको होलान । त्यो राजनीतिक सम्झौता होला । कतिपय देशले गरेका होलान । हुन सक्छ त्यो । अरु देशको मामिलामा हामी बोलिरहेका छैनौ । अरु देशका प्रणालीहरुलाई अरु देशका जनता र शासकहरुको बीचका सम्झौताहरुलाई हामीले केही भन्नु छैन । हामीले सिद्धान्तको कुरा गर्ने हो । अरु देशको हकमा हाम्रो देशमा सिद्धान्तको मात्रै कुरा होइन ।

व्यवहारको कुरा गरेको । हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालेका हुन । यो देशमा २० साल भन्दा अगाडिसम्म बाटोमा नबन्नुमा के कारण छ ? अनि विकास हुनै नसक्नु कारण के हो ? २४० वर्ष राजतन्त्रले खायो । अन्त शिक्षामा अगाडि, स्वास्थ्यमा अगाडि । विकासमा अगाडि, पूर्वाधारमा अगाडि सबै हुदा पनि हाम्रो देशमा किन हुन सकेन ? जंगबहादुरको शासन आयो–१९०३ मा । त्यसको सात वर्ष पछि दरबार स्कुल पहिलो पटक खुल्यो । त्यो भन्दा अगाडि राजाहरुले किन खोलेनन ? नीति के थियो ? जनता पढाउने नीति थियो ? लोकतान्त्रिक नीति थियो ? होइन–अन्धकारमा राख्नुपर्छ भन्थे । कानून थिएन । म जे भन्छु, त्यही कानून हो भन्थे । अनि राजतन्त्रले के के न ग¥यो भन्ने कहाँबाट हुन्छ ? सति प्रथा उन्मुलन गरेको राजतन्त्रले होइन । त्यति त बरु राणाले गरेका थिए । दास प्रथाको उन्मुलन राणाहरुले गरेको हो । अनि राजाले किन गरेनन ? राजाले केही पनि गरेनन । राजा भएर बस्ने, दुनियालाई दुख दिने । त्यो बाहेक के गरेँ राजाले ? अव त्यस्तो एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन । त्य


काठमाडौं

शुक्रबार, बैशाख २१, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन