fbpx

काठमाडौंमा वार्षिक ३ करोड लिटर पानी पुनः भरण हुने

author

समाचारपाटी

३ महिना अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनः भरण हुने भएको छ । वर्षामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली काठमाडौं महानगरपालिकाले बनाएको छ ।

महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा उक्त प्रणाली विकास गरेको हो ।

रिचार्ज प्रणालीमा २१ रिचार्ज इनार, २१ रिचार्ज फिल्टरिङ चेम्बर, दुइटा पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र सातवटा (९० फिट) बाँसको छेकबार (चेक ड्याम) बनाइएको महानगर उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयाे । यो प्रणली ९ वैशाखदेखि सुरु गरिएको थियो । लागत ४३ लाख ६० हजार रुपैयाँ बराबर छ ।

निर्माण साझेदारले उक्त प्रणाली र सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिका उपप्रमुख डंगोललाई हस्तान्तरण गर्नुभएकाे छ।परियोजना बुझिसकेपछि उपप्रमुख डंगोलले बालाजु क्षेत्रमा पानीको प्राकृतिक बहाब बढ्ने अपेक्षा गर्नुभयाे ।

‘सहरमा पानी अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा फेरि पानी अभाव हुन्छ । यसलाई सन्तुलन गर्न पानी पुनः भरण प्रणाली प्रवद्र्धन गरिरहेका छौं,’ उहाँले भन्नुभयाे, ‘काठमाडौंमा सबैभन्दा धेरै पानी अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनः भरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’

परम्परागत रूपमा काठमाडौंवासीले पानीका प्रमुख स्रोतका रूपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनः भरण हुने गथ्र्यो । जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो । पछिल्लो समय अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । पछिल्ला वर्ष छोटो अवधिमा अधिक पानी पर्ने हुनाले प्राकृतिकरूपमा पानी पुनः भरणमा समस्या सिर्जना भएको महानगरले जनाएको छ ।

onlinekhabar


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’