fbpx

‘काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन्’:-बालेन्द्र साह

author

समाचारपाटी

५ महिना अगाडि

काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ । 
महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको बताएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका दाबी गर्नुभयो । उहाँले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर महानगरले काम गरिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कुरा छ । यो नेपवेस्ट भन्ने संस्था हो । यो भन्दा पहिला नेपाल सरकारले लगानी बोर्डमा पास गरेर पठायो, त्यसमा अधुरा कुराहरु भएको कारणले लगानी बोर्डले निर्णय गर्न सकेन । नगरपालिकामध्येको महानगरपालिका भएको कारणले गर्दा यो प्रोजेक्टलाई महानगरपालिका भित्र ल्याइयो र यसलाई गहिरो अध्ययन गरिसकेपछि नेपवेस्ट भन्ने कम्पनी काठमाडौं महानगरपालिका लगायतका लागि अझै अधुरै नीति नियम भएकाले फेरि यसलाई महानगरपालिका काठमाडौंले यसलाई नेपाल सरकारतिर नै लगिएको अवस्था छ । त्यसको कारणले गर्दा बञ्चरे डाँडामा रहेका यी समस्याको समाधान नहोला भन्नेकुरा होइनन् । हामी आफैँ पनि सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी अब हामीले विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका छौँ र फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर हामी अघि बढीसकेको अवस्था छ ।’ 

यता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गर्नुभएको छ । उहाँले फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा गर्नेुपर्ने बताउनुभएको थियो । काठमाडौं महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उहाँको भनाइ थियो । 

उहाँले भन्नुभएको थियो, ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन् । फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’

महानगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गरे केही हदसम्म फोहोर व्यवस्थापन हुनेछ । नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट शहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि घर र भान्साबाट फोहोर वर्गीकरण गर्न जान्नुपर्ने विज्ञहरुको राय छ ।
 


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन