fbpx

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

author

समाचारपाटी

४ महिना अगाडि

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी दोश्रो दिन जारी रहेको छ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा टेनिस कम्लेक्समा जारी प्रतियोगितामा ओपन मेन्स सिंगल्स तर्फ नेपालका नं १ बरियता खेलाडी प्रदिप खड्काले आफ्नो दोश्रो जित निकालेका छन् । प्रदिपले दर्शिल श्रेष्ठलाई ६–१,
६–२ को सोझो सेटमा पराजित गरेका हुन् । सम्यक बज्रचार्यले आरभ सम्राट हाडालाई ६–३, ६–४ ले पाखा लगाउँदा प्रणब मानन्धरले निहाल जङ्ग बहादुर थापालाई ६–४, ४–६, ६–० ले र अभिनन्सु ठाकुरले राजविर प्रधानलाई ६–२, ६–३ ले पराजित गरे ।

मेन्स डबल्स तर्फ सम्पन्न खेलमा प्रणब मानन्धर र राजविर प्रधानको जोडीले ज्वेल राणा र दर्शिल श्रेष्ठको जोडी माथी ६–०, ६–४ ले जित निकाल्दा संरक्षक र सम्यक बज्रचार्यको जोडीले शास्वत र सृजन भट्टराईको जोडीलाई ६–०, ६–१ ले,आर्यन गिरी र आरभ सम्राट हाडाको जोडीले सक्षम र प्रितम परियारको जोडीलाई ६–४, ६–१ ले, आशिष र सौगात विकको जोडीले मिन बहादुर र कुशल गुरुङको जोडी माथी ६–०, ६–१ ले जित दर्ता गरेका छन् । अभिनन्सु ठाकुर र शिद्धान्तको जोडीले निशाद र देवाशिस रियुलको जोडीलाई ६–०, ६–० को सोझो सेटमा तथा गोविन्द र युगेन शेर्पाको जोडीले आयुष्मान र शक्तिको जोडीलाई ६–४, ०–६ र १३–११ ले संघर्षपूर्ण जित निकालेका छन् ।

३५ वर्ष माथिको सिंगल्समा जितेन्द्र परियारले नविन श्रेष्ठलाई ६–१, ६–० ले,सञ्जय श्रेष्ठले नवराज शर्मालाई ६–३, ६–२ ले, दावा सोनाम शेर्पाले अमित गुरुङलाई ६–०, ६–१ ले र सन्तोष खत्रीले व्रिजेश लाकोलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । ३५ वर्ष माथीको डबल्समा राज गुरुङ र विकास गुरुङको जोडीले भिष्मराज पौडेल र नवराज शर्माको जोडी माथी ९–६, ६–३ र १०–७ ले संघर्षपूर्ण जित निकालेको छ ।

त्यसै गरि अनिल र सिमान्तको जोडीले दुर्गा केसी र सुकमानको जोडी माथी ६–३,६–३ ले, कमल भण्डारी र अमित गुरुङले प्रकाश राज वाग्ले र लक्ष्मण तामाङको जोडीलाई ६–१, ६–० ले पराजित गरे । ४५ वर्ष माथी सिंगल्समा विकास गुरुङले राम बहादुर विकलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दा, विष्णु चापागाईले बुद्धि गुरुङलाई वाक आउट दिएका छन् । प्रदिप शाहले सुकमान तामाङलाई ६–१, ६–१ ले पराजित गरे भने माधव भण्डारीले थम आलेलाई ६–६, ६–३ र १०–३ ले, निम बहादुर पुनले प्रताप मोक्तानलाई १–६, ६–० र १०–६ ले, अमृत कार्कीले बलराम सापकोटालाई ६–३, ६–३ ले, उत्तम बोगोटीले मनिष श्रेष्ठलाई ६–२, ६–१ को सोझो सेटमा जित निकालेका छन् ।

४५ वर्ष उमेर समुहको डबल्समा हिमाल र सुदर्शनको जोडीले शुक्र र विरेन्द्र लामाको जोडीलाई ६–१, ६–० ले, मछिन्द्र थापा र विपिनको जोडीले किम र तेजलीको जोडीलाई ६–७, ७–६ र १०–८ ले पराजित गरे । राज गुरुङ र केवी तामाङको जोडीले मनोज नेपाल र विष्णु चापागाईको जोडीलाई ६–१, ६–२ ले जित्दै आफ्नो यात्रा अघि बढाएका छन् । रोहित र इव्राहिम मुस्लिमको जोडीले मछिन्द्र र विपिनको जोडीलाई ६–२, ६–२ ले, आशिष र निमाको जोडीले विरेन्द्र लामा र सूर्य भुजेलको जोडीलाई ६–२, ६–२ले पाखा लगाए भने कृष्ण र सुवर्णको जोडीले राम विक र मनोज बस्नेतको जोडीमाथी ६–० र ६–१ ले जित निकाल्दा र धरम
सिंह लामिछाने र गोपी भट्टराईको जोडीले करिम र सोम लालचनको जोडी माथी ६–२, ७–५ ले जित निकालेका छन् ।

५५ वर्ष माथी सिंगल्समा ऋषीराम पञ्डितले पेम्वा तासीलाई वाक आउट दिएका छन् भने राम रानाले जाङवो शेर्पालाई ६–०, ६–३ ले पराजित गरे । हर्क बहादुर गुरुङले सुरेन्द्र माकाजुलाई ६–४, ६–१ को जित निकाल्दा एक अर्को खेलमा सुनिल गुरुङले पदम गुरुङलाई पराजित गरे । त्यसै वाक आउटकै आधार जित निकाल्दै डियोनम लामा र मोती घले दोश्रो चरणमा प्रवेश गरेका छन् । सोही उमेर समुहको सिंगल्समा धरम सिंह लामिछाने शुक्र शेरचनलाई ३–६, ६–० र १०–४ ले पराजित गरेका छन् ।

६५ वर्ष माथी सिंगल्समा मनोज शम्सेर जङ्ग बहादुर राणाले विष्णु गुरुङलाई ४–०,४–१ को सेटमा पराजित गरे भने ध्रुव गुरुङले पेम्वा ताशीलाई ४–१, ४–१ ले, कर्म घलेले डियोनम लामालाई ४–१, ५–३ ले पराजित गरेका छन् । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३०हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार,उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा
मात्रै नगद करिव रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने उनले जानकारी दिए ।

टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार प्रतियोगितामा नेपालका नं १ देखि ८ नं सम्मका बरियताका खेलाडीहरु मैदानमा छन् । पौष १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ १३ र पुरुषतर्फ २०३ जना गरि २१६ जनाको सहभागिता रहेको कास्की टेनिस संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नविन चालिसेले जनाएका छन् ।

प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५,६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा जारी रहेको संघका अध्यक्ष लोक बहादुर गुरुङले बताए ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’