fbpx

लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरुको सिन्डीकेटतन्त्र कायम: कमल थापा

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरुको सिन्डीकेटतन्त्र कायम भएको टिप्पणी गर्नुभएकाे छ ।

बिहीबार काठमाडौंमा आयोजित राप्रपा नेपालको मध्यमाञ्चल स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तन भएको १७ वर्ष पुगिसक्दा पनि जनता मालिक हुनुको सट्टा लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरुको सिन्डीकेटतन्त्र कायम भएको र प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद हावी भएको टिप्पणी गरेका हुन् । बिदेशी दबाब, प्रभाब र हस्तक्षेप बढेको भन्दै थापाले राष्ट्रबादी देशभक्त र प्रजातन्त्रबादी शक्ति एकठाँउमा आएर  अहिलेको छाडातन्त्रको बिकल्प खोज्नुपर्नेमा जोड दिनुभयाे। 

उहाँले अहिले संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत भएको भन्दै बिदेशी शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपले बढ्नुकासाथै नेपाल अन्तरराष्ट्रिय महाशक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनेको उल्लेख गर्नुभयाे ।

सरकारको अर्कमण्यता र गलत नीतिको कारणले देशको अर्थतन्त्र धरासायी बनेको बताउनुभयाे । अध्यक्ष थापाले संस्कृतिमन्त्री सुदन किरातीको क्रिष्चियन नमान्ने संविधानविरोधी हुन् भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ९४ प्रतिशत सनातन धर्ममा आस्था राख्नेहरुको विरुद्धको यो षड्यन्त्र र अपमान भएको उल्लेख गर्नुभयाे ।

अध्यक्ष थापाले धर्म परिवर्तनको डढेलोले देशलाई तहसनहस पारिरहेको भन्दै सनातन धर्म, संस्कृति र परम्परामाथि योजनाबद्ध र संगठित रुपले आक्रमण भइरहेको टिप्पणी गर्नुभयाे । उहाँले देशमा कायम रहेको संघीय धर्मनिरपेक्षता र गणतन्त्र असफल साबित भइसकेको दाबी समेत गर्नुभयाे । प्रशिक्षणमा क्षेत्र भित्रका केन्द्र ,जिल्ला,नगर र जनबर्गिय संगठन गरि दुई सय पन्ध्रको सहभागिता रहेको छ ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’