fbpx

‘प्रधानन्यायाधीश संवैधानिक परिषद्मा रहने/नरहनेबारे गम्भीर छलफल आवश्यक’:- न्यायाधीश प्रकाशमान राउत

author

समाचारपाटी

३ महिना अगाडि

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश हुनुपर्ने÷नपर्नेबारे गम्भीर विचार विमर्श हुन आवश्यक रहेको बताउनुभएको छ । 

बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश भएपछि मुद्दा हेर्न मिल्ने की नमिल्ने ? भन्ने प्रश्न उठेको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश संवैधानिक परिषद्मा हुँदा निष्पक्ष न्याय सम्पादन हुन नसक्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश संवैधानिक परिषद्को सदस्य रहँदा न्यायिक अक्षुण्डता र स्वतन्त्रताको कुरा ओझेलमा पर्ने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘आज संवैधानिक परिषद्मा प्रधानन्यायाधीश हुनुपर्ने की नपर्ने ? धेरैको कुरा त आयो ? तर स्पष्ट कुरा आएको छैन । विचार त्यसमा सम्प्रेषित हुनुपर्छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश हुनुपर्ने की नपर्ने ? प्रधानन्यायाधीश भएपछि मुद्दा हेर्न मिल्ने की नमिल्ने ? आज यो यस्तो बहस छेडिएको छ की संविधानमा मात्रै गएर टुंगिने अवस्था छ । न्यायपरिषद्मा, संसदीय सुनुवाई समितिमा र संवैधानिक परिषद्मा । प्रधानन्यायाधीश संवैधानिक परिषद्मा संलग्न भएपछि प्रश्न एकदमै तिखारिएर आयो । कतिसम्म भयो भने संसद विघटन हुँदाखेरी दुई दिनसम्म मुद्दा संवैधानिक इजलासले हेर्ने की वृहतपूर्ण इजलासले हेर्ने भन्ने बहस भयो । प्रधानन्यायाधीश संलग्न हुँदा फेयरनेस हुन्छ की हुँदैन भन्ने थियो । जुडिसियरको इम्पारसिलिटी भनेको फेयरनेस हो । न्यायिक अक्षुण्डता र स्वतन्त्रताको कुरा ओझेलमा पर्छ । आजको न्याय लयमा फर्किएको छ ।’ न्यायाधीश राउतले अदालतमा अहिले न्याय लयमा फर्किएको दाबी गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक