fbpx

‘राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ’:-महामन्त्री गगन थापा

author

समाचारपाटी

२ महिना अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्नु नहुने प्रश्ताव गर्नुभएको छ । 

मंगलवार महासमितिको बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्ननहुने प्रश्ताव अघि सार्नुभएको हो । उहाँले यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने संकल्प गर्नुपर्ने बताउनु भयो । उहाँले मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले संगठनलाई थप ऊर्जाशिल बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरुसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्नेमा पनि काँग्रेस सचेत रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेसले यस विषयमा विशेष संकल्प गर्नुपर्छ कि, एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाको लागि नेपाली काँग्रेसले निर्वाचन अगाडीको गठबन्धनको नेतृत्व गर्नुपर्यो । गत निर्वाचनमा नेपाली काँग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरुसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ । कुनैपनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडी निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्नेकुरा चुनाव पछाडी स्वभाविक हुनसक्छ । तर निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नरहेर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्नेकुरालाई मनन गर्दै मेरो प्रश्ताव छ, नेपाली काँग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्यहरु, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्नेछौँ । र हाम्रो मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ । हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशिल बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रुपमा पुनःस्थापित हुनेछौँ ।’उहाँले २० बुँदे सांगठनिक सुधारको कार्ययोजना समेत प्रश्तुत गर्नुभएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन