fbpx

‘मन्त्रीमुखी’ बजेटले प्रदेशभरका जनता खुसी हुन सक्दैनन्’:- सांसद प्रकाशबहादुर केसी

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको वार्षिक विकास पुस्तिका हेर्दा मन्त्रीको निर्वाचन क्षेत्रबाहेक अरु ठाउँका जनता खुसी हुने अवस्था नरहेको बताउनुभएकाे छ। मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रतिष्ठान लगायतको आगामी आर्थिक वर्षको बजेटमाथि बुधबार आफ्नो धारणा राख्दै एमाले सांसद केसीले बजेट ‘मन्त्रीमुखी’ भएको टिप्पणी गर्नुभयाे । ‘मन्त्री ज्यूका जिल्लाको निर्वाचन क्षेत्रबाहेक अरु जिल्लाका जनता खुसी हुने अवस्था रहेन । कास्कीलगायत अन्य मन्त्री नभएका जिल्ला त हेरेको हेरै हुने अवस्था देखियो,’ उहाँले भन्नुभयाे, ‘योजनाहरु मन्त्री केन्द्रीत मात्र भो जनता केन्द्रीत र सन्तुलन हुन सकेन ।’

उहाँले एकै ठाउँमा मात्र बजेट केन्द्रीत गर्दा प्रदेश संरचनाको औचित्य पुष्टि नहुने बताउनुभयाे । ‘मनाङ र मुस्ताङमा जोड्दा जति बजेट परेको छ त्योभन्दा १० करोड रुपैयाँ बढी म्याग्दीमा छ । अनि कसरी समान विकास हुन्छ रु’ सांसद केसीले अर्थमन्त्रीलाई प्रश्न गर्नुभयाे ।

स्थानिय तहका जनप्रतिनिधिले सिफारिस गरी पठाएको योजना बजेटमा समावेश नगरिएको उहाँले बताउनुभयाे । दीगो प्रकृतिको विकास हुने गरेर बजेट नआएको उहाँले दाबी गर्नुभयाे । ‘बजेट विनियोजन गर्दा भूगोलअनुसार सन्तुलित भएको देखिएन,’ सांसद केसीले भन्नुभयाे, ‘प्रदेशको क्षेत्र अधिकार थाहा नपाई योजना राखिएको जस्तो देखिन्छ । भुगोल नै नबुझी कार्यकर्ताबाट आएको चिटका आधारमा योजना हो भन्ने प्रष्ट देखिन्छ ।’

फुटसल, स्वीमुङ पुलजस्ता खेलकुदसँग सम्बन्धित क्षेत्रमा मनोरञ्जन कर लिनु उचित नहुने उहाँको भनाइ थियो । जनतालाई कर तिर्न समस्या नभएको तर कर तिरेबापत सरकारले देखिने गरेर केही दिन नसक्दा सरकारप्रति विरोधका स्वर सुनिएको सांसद केसीले बताउनुभयाे । ‘कर लिएर जनतालाई हामीले के दियौं भन्ने विषय हो । यस्तो भावना दबिने गरेर जनतासँगै प्रदेश सरकार छ भन्ने अनुभूति गराउन सकौं,’ उहाँले थप्नुभयाे, ‘आगामी आर्थिक वर्षभित्र सरकारी कार्यालयमा सेवा लिन जाँदा जनताले बिचौलियालाई पैसा तिर्नुपर्ने सामान्य समस्या हटाऔं ।’

सरकारले करको दायरा बढाउने नाममा अहिलेसम्म कर नलगाइएका सबै ठाउँमा कर लगाउने नीति लिएको सांसद केसीले आरोप लगाउनुभयाे ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’