fbpx

पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष

author

समाचारपाटी

११ महिना अगाडि

पोखरा । पोखरामा डिग्री माइलाको प्रेसमिट गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मलेनमा निर्माणपक्ष आशावादी देखिन्छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा डिग्री माइला चैत ३० गतेबाट अल नेपाल रिलिज हुँदैछ । रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा बेरोजगार युवाको कथा भएको कलाकार प्रकाश घिमिरेले उल्लेख गर्नुभयाे ।

उहाँ आफै पनि उक्त सिनेमामा अभिनय गर्नुभएकाे छ । विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको भूमिकामा घिमिरेलाई देख्न सकिन्छ । पढेलेखेको व्यक्तिको चेतनाको स्तरलाई समेत सिनेमा मार्फत देखाउन खोजिएको उहाँले बताउनुभयाे । घिमिरेले डिग्री माइला नेपाली समाजको कथाव्यथा भएको बताउनुभयाे । नाटकमा हेरेता पनि दृश्यात्मक रुपमा सिनेमा मार्फत अझ फरक पाउने उहाँले बताउनुभयाे ।

कलाकार माओत्से गुरुङ डिग्री माइलामा दयाहाङ राईको बुबाको भूमिकामा देखिदैछन् । उहाँले डिग्री माइला योग्यता प्राप्त गरेर बेरोजगार भएका युवाको कथा भएको उल्लेख गर्नुभयाे । सिनेमामा चर्चित कलाकारको सशक्त अभिनय भएकाले दर्शक निराश भएर फर्किन नपर्ने उहाँले बताउनुभयाे । पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको गुरुङ स्विकार्नुहुन्छ । सिनेमाको सानो बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन नहुने तर्क उहाँको छ । एकातिर अस्वस्थ प्रतिस्पर्धा भइराख्दा अर्कोतर्फ भाइचाराको सम्बन्ध पनि गाँसिएको उहाँ बताउँनुहुन्छ ।

डिग्री माइलामा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ सहित बुद्धी तामाङ, विजय बराल, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । विशाल गुरुङ (एलजी), मनीराम पोखरेल, मधु मिजार र सुश्मा गुरुङको लगानी रहेको सिनेमाको कथा रामबाबु गुरुङले नै लेख्नुभएकाे हाे ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन