fbpx

चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट नीर शाहसहित दुई सदस्यले दिए राजीनामा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यले राजीनामा दिनुभएकाे छ । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिनुभएकाे हाे ।

अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको राजीनामा आएको साता नबित्दै संयोजक समेत रहनुभएकाे शाहको राजीनामा आएको हो । अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्नुभएकाे थियाे ।

सदस्य सचिव महतले भन्नुभयाे, ‘सक्रिय भूमिका निर्वाह गर्न नसकिएको कारण देखाउँदै उहाँले राजीनामा दिनुभएको छ । कानूनीरुपमा पनि सल्लाहकार समिति भन्ने छैन । सम्भवतः उहाँले सक्रिय हुन नसकेको महसुस गर्नुभएकाले राजीनामा दिनुभएको होला ।’

शाहले पनि कार्यव्यस्तताको कारण आफूले राजीनामा दिएको बताउनुभयाे । आफू केशव भट्टराईको पालादेखि नै सदस्य रहिआएको बताउँदै शाहले वर्तमान अध्यक्ष केसीले सल्लाहकार समितिमा धेरै मान्छे राखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयाे । शाहसहित सुशान्त र रविन्द्रको राजीनामा पत्रमा उल्लेख भएअनुसार सल्लाहकार समितिको सल्लाहलाई बोर्डले ध्यान नदिएको उल्लेख छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर