fbpx

‘संसद प्रभावकारी बनाउने काम राजनीतिक पार्टीहरुले गर्नु पर्दछ’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउनेगरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरुलाई आग्रह गर्नु भएको छ ।


संसद जन अपेक्षा अनुसार चल्न नसकेको आम अनभूति भईरहेको उल्लेख गर्दै उहाँले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको हो । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद जनप्रतिनिधिहरुको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्व संसद क्लवभित्र छलफल गर्न उपयुक्त हुने धारणा समेत राख्नु भयो । राष्ट्र र जनताको आवश्यक्ता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘मलाई लाग्छ–संसद प्रभावकारी हुनुपर्छ । यसमा कुनै बहस र विवादको विषय छैन । प्रभावकारी कति हुँदा हुन्छ ? यसको मापो पनि यति हुनुपर्छ भन्ने हुन्न होला । तर जे भएपनि जनअपेक्षा अनुरुपको हुन नसकिरहेको छैन भन्ने आम अनभूतिहरु छ जस्तो मलाई पनि लाग्दछ । यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक पार्टीहरुको भूमिका प्रभावकारी हुन्छ । पार्टीहरुमार्फत् नै जनताले विश्वास दिनु भएको छ । र, त्यो विश्वासको प्रतिनिधिको रुपबाट माननीय सांसदज्यूहरु आएर यहाँ भूमिका निर्वाह गरिरहनु भएको छ । अव संविधाननै अहिले राष्ट्रलाई अघि लैजानका लागि वर्तमान संविधानका केही पक्षहरु अथवा संविधाननै खोटपूर्ण छ । बाधक छ, समस्याग्रस्त छ कि हाम्रा आचारविचारहरु, हाम्रा व्यवहारहरु त्यस्ता छन ? खास गरिकन हामी यो संघीय संसद नै त्यसका लागि कमजोर छ भने त्यसलाई दह्रो बनाउनका लागि के गर्ने ? संघीय संसद सर्वोपरी संस्था हो । यसले बनाउका नीति, कानुन, यसले बनाएको सरकार देशमा शासन गरिरहेको हुन्छ । यसले अहिलेको आवश्यक्ता र खाँचो अनुसार काम गर्न सकिरहेको छै कि छैन ? छैन भने कानुनको अभाव छ भने कानुन बनाऊ । कार्यान्वयनको अभाव छ भने सरकार वा अन्य अंगहरुलाई याक्टिभ बनाउने काम गरौं । संविधान नै बाधक छ भने पनि यसको बारेमा छलफल चलाउन पूर्व सांसद क्लव उपयुक्त हुन्छ ।’

सभामुख घिमिरेले ऐन, कानुनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अंगहरुलाई क्रियाशील बनाउने काममा पनि पूर्व सांसद क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तिमा पनि ३३ प्रतिशत महिलाहरु निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले समानुपातिकमा एक पटक ल्याएका महिलाहरुको अनुभवलाई प्रयोगमा ल्याउने गरी फेरी सांसद बनाउने काम गर्न पनि राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो । जनसंख्याको आधारमा पनि महिलाहरुलगायतका अन्य समुदायको संसदमा समानुपातिक रुपमा प्रतिनिधित्व हुने कुरालाई सुनिश्चित गर्नुपर्ने उपाध्यक्ष अर्यालको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘प्रत्यक्ष निर्वाचित भएर आउने महिलाहरुको संख्या एकदमै कम छ । हामीलाई पुगेको छैन यसले । तसर्थ, म चाहन्छु–जनसंख्याको आधारमा महिलाहरुले ५१ प्रतिशत हुनुहुन्छ । पुरुषको भन्दा नेपालमा महिलाहरुको जनसंख्या बढि छ । त्यो हिसावले ५०÷५० प्रतिशत हुनुपर्ने हो । तर अव कि हामीले पूर्ण समानुपातिकमा जानुपर्ने हुन्छ । कि प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने हुन्छ । हामीले समानुपातिकमा लिएर आउँछौं । उहाँहरुसँग अनुभव हुन्छ । अनि, अर्को चोटी उनीहरुलाई हटाएर अर्कै नयाँलाई ल्याईन्छ । उहाँहरुको योगदान, अनुभव फेरी प्रयोग गर्न सक्ने हिसावले हामी जान सक्दैनौं । पहिला समानुपातिकमा ल्याईसकेकाहरुलाई हामीले प्रत्यक्ष निर्वाचनमा लडाउने आँट किन नगर्ने ? उहाँहरुसँग अव त अनुभव भईसकेको हुन्छ नि । यो मैले बढि भने भनेर पीर नगर्नुस् । हाम्रो महिलाहरुको क्षेत्रमा यो लडाई अझै बाँकि छ । यो कुरा म बारम्बार भनिरहनेछु ।’


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...