fbpx

‘अनुसन्धान फ्री र फेयर होस् दाेषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्’:-गगन थापा

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताउनुभएकाे छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताउनुभयाे ।

‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस् । कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस्’ उहाँले भन्नुभयाे । अनुसन्धान स्वच्छ र स्वस्थ हुनुपर्ने भन्दै महामन्त्री थापाले सरकारले यो प्रकरणमा दह्रोसँग खुट्टा टेक्नुपर्ने बताउनुभयाे ।

‘मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस्’ उहाँले भन्नुभयाे, ‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ ।’

यो प्रकरणमा सरकारको कामकारबाहीलाई सबैले हेरिरहेको भन्दै नागरिकलाई अनुसन्धानमा विश्वास हुने गरी काम गर्नुपर्ने महामन्त्री थापाले बताउनुभयाे ।

‘यहाँ अनुसन्धान गरेँ भनेर मात्र हुँदैन, विश्वास लाग्नुपर्छ । नागरिकलाई फ्री र फेयर भएको विश्वास लाग्नुपर्छ’ उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको भन्दै उहाँले प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिनुभएका छन् ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’