‘विद्यालय शिक्षा विधेयकमा मैले मात्रै हाल्ने संशोधन ७० भन्दा बढी छ’:- महामन्त्री गगन थापा

author

समाचारपाटी

२ years अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटी रहेको भन्दै संसदबाट सच्याएर मात्रै पारित हुने बताउनु भयो । उहाँले अहिले बनाउने कानूनले आजको समस्या मात्र नभइ कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानून बन्नुपर्ने बताउनु भयो । उहाँले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमीक शिक्षण पेशामा हुनेहरुले पाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षकले प्राप्त गर्नुपर्ने न्युनतम कुरा अहिले कानून बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताउनु भयो । सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आज अफ्ठ्यारो माहोल छ । विद्यालयहरु बन्द रहेको अवस्था छ । शिक्षक साथीहरु संघर्षमा हुनुहुन्छ । हामी आज नेपाल सरकार र उहाँहरुको बीचमा संवाद पनि चलिरहेको छ । केही सकारात्मक निष्कर्ष आउँछ भन्ने हाम्रो विश्वास छ । हामी लामो समयदेखि नेपालको शिक्षाको सुधार गर्ने पक्षमा थियौँ । हामी के भनिरहेका थियौँ भने यो धेरै पहिला आइसक्नुपर्ने थियो । ओभरल शिक्षालाई हेर्ने एउटा कानून धेरै पहिला आइसक्नुपर्ने थियो, त्यसमा हामी चुक्यौँ । म एउटा ल मेकर्स भएर काम गर्दा त्यो प्रथम दृष्टिमा हेर्दा नै सयौँ त्रुटी छन् । यो विधेयकमा संशोधन हाल्न शुरु भएपछि मैले मात्रै हाल्ने संशोधन मैले सरसर्ती हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटी रहेछन् ? यसको यावत त्रुटीहरु छन् । अहिले बनाउने कानूनले आजको समस्या मात्र होइन, कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानून बन्नुपर्छ । नेपालको शिक्षा क्षेत्र सुधार गर्ने हो भने नेपालमा सबैभन्दा धेरै पे हुने जब शिक्षण पेशा हुनुपर्छ । शिक्षकले प्राप्त गर्नुपर्ने न्युनतम कुरा पनि अहिले कानून बन्दै गर्दा पनि दिन सकेनौँ भने हामीले हाम्रो विद्यालयलाई उकास्न सक्दैनौँ । हामी संसदबाट यसलाई सच्याउँछौँ । यो त सरकारको प्रश्ताव न हो । यसलाई संविधान सम्मत बनाउनु पर्नेछ । यत्रा केटाकेटी स्कुल पढ्न जान नपाउने कुरा चाँडो भन्दा चाँडो स्थगित गरी जानुपर्छ । सरकारले पनि आफ्नो कुरा स्पष्ट गर्नुपर्छ ।’

महामन्त्री थापाले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रुप लिने विश्वास लिएको बताउनु भयो ।


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने