fbpx

केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता, गण्डकी प्रदेशको तयारी सुरु

author

समाचारपाटी

३ महिना अगाडि

पोखरा । नेपाली खेलाडी उत्पादनको मुख्य प्रतियोगिताको मध्येको एक केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता हुने भए पनि यता गण्डकी प्रदेशले भने आफ्नो तयारी सुरु गरेको छ ।

केन्द्रिय राष्ट्रपति कप रनिङ शिल्डफागुनको अन्तिम साता गर्ने यस अघि राष्ट्रिय खेलकुद परिषदले जनाएको थियो । यहि फागुनको अन्तिम साता बागमती प्रदेशस्तरीय प्रतियोगिता हुने भए पछि बैशाखमा धकेलिएको हो । यता केन्द्रियस्तरको प्रतियोगिता सर्ने निश्चित भए पनि प्रदेश खेलकुद परिषद गण्डकीले भने आफ्नो तयारी सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाउनुभएकाे छ । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि फागुनको ११ देखि १३ गते सम्म नवलपुरमा हुने भएको छ ।

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको फागुन ११ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले गर्ने सदस्य सचिव शर्माले जनाउनुभएकाे छ । प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गर्न शर्माको अध्यक्षतामा राष्ट्रपति रनिङ शिल्डमा हुने ६ विभिन्न खेलका अध्यक्ष तथा पदाधिकरीहरु संग शनिबार छलफल गरेको छ ।

सदस्य सचिब शर्माका अनुसार नवलपुर जिल्लाका ६ पालिकाहरुले प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड सम्पन्न गर्न ३० लाख सहयोग गर्ने भए संगै प्रतियोगितालाई नवलपुरमा आयोजना गर्न लागिएको बताउनुभयाे । उहाँले भन्नुभयाे–“यो महत्वपूर्ण निर्णय थियो । प्रतियोगिता सञ्चालन गर्न बजेट अभाव भएको बेला नवलपुरका पालिकाहरु अग्रसर भएका छन् । अर्को वर्ष जुन जिल्लाले आयोजना गर्ने हो । त्यहाँबाट प्रतिवद्धता आयो भने हामी यो प्रतियोगिता त्यहीं सञ्चालन गर्छौं र सोही अनुसार झण्डा समेत हस्तान्तरण गर्छौं ।”

फागुन ११ गतेबाट सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र÷छात्रा भलिबल र कबड्डी देवचुली नगर पालिकामा हुने तय गरिएको छ भने कराते मध्यबिन्दु नगर पालिका, तेक्वान्दो गैडाकोट नगरपालिका, उशु र एथलेटिक्स कावासोतीमा हुनेछ । उद्घाटन लगायत अन्य कार्यक्रमहरु समेत कावासोतीमा हुने सदस्य सचिब शर्माले जानकारी दिनुभयाे ।

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा ६ खेलका १ हजार २ सय खेलाडी, प्रशिक्षक, टिम ब्यवस्थापक गरी १ हजार ४ सयको हाराहारीमा नवलपुर पुग्नेछन् । सोही प्रतियोगिताबाट केन्द्रिय राष्ट्रपति रनिङ शिल्डक लागि सबै खेलका १ सय १२ जना खेलाडी छनौट हुनेछन् । सदस्य सचिब शर्माले छनौट प्रक्रियालाई पारदर्शी र जिम्मेबार पूर्वक गर्न निर्देशन समेत् दिए । उहाँले भन्नुभयाे–“खेलाडी छनौट गर्दा कुनै समस्य नआओस भन्नका लागि म सबै खेलका प्रतिनिधीहरुलाई सजग गराउन चाहन्छु । खेलाडीको हितका लागि छनौट पारदर्शी हुनुपर्छ ।”


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’