fbpx

पशुचौपायामा लागु गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पशुचौपायामा लागु गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पशुमा लाग्ने रोग संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागु गरिएको सो खोप कार्यक्रमले कास्कीका किसानहरु खुसी भएका छन् ।

गाई, भैसी, भेडा,बाख्रा, बङ्गुर लगायतका चौपायालाई सो खोप लगाउन थालिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा. शम्भुराज पाण्डेले जानकारी दिनुभएको छ । गण्डकी प्रदेश सरकारले २०७६÷७७ देखि पूर्ण खोप लगाउने व्यवस्था गरेको थियो । सो व्यवस्था अनुरुप गत बर्ष मात्र गाई, भैसी र बङ्गुरमा मात्र ९४ हजार ४ सय १ खोप लगाइएको थियो । गाइ भैसीमा नै हुने अर्को भ्याकुते र चरचरे गरी २६ हजार ३ सय ७१ खोप लगाईएको छ । बङ्गुरका स्वाईनफिबरका लागि झन्डै १५ हजार खोप लगाइएको छ ।

त्यसैगरी भेडा बाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेविज विरुद्धमा ६१ हजार भन्दा बढी खोप लगाइएको डा. पाण्डेले जानकारी दिनुभयो । सो कार्यालयले विभिन्न क्षेत्रमा गरी २ लाख १८ हजार ७ सय खोप लगाएको छ । सो खोप लगाउनका लागि प्राविधिक जनशक्तिको जटिलता रहेको उहाँको भनाई छ । खोप लगाउनको लागि गाउँगाउँमा
किसान सचेत कार्यक्रम भइरहेको छ भने किसानहरुको सोस्र्फूत माग पनि बढिरहेको छ ।

खोपको बारेमा हेम्जा गाई फर्मका संचालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेकाले खोरेतको दुई पटक र अन्य खोप एक पटक लगाउने निति सरकारले अगाडी बढाउन आग्रह गर्नुभयो । यसैगरी कार्यालयका पशु बिकास अधिकृत सहदेव पौडेल पशुधनको क्षति न्युनिकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने बताउनुभयो । यसबर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भैसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको उहाँको भनाई थियो ।

त्यसैगरी भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको छ । महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोपहरु गाउँपालिकामा पुर्याउने पौडेलको भनाई छ । पूर्णखोप कार्यक्रमले किसानको पशुधनमा हुने क्षति निकै कम भएको पोखरा ३३ का किसान शोभाखर भण्डारीको भनाई रहेको छ ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन