एन्जल्स मन्टेश्वरीको १५ औं अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा, ४ चैत । पोखरा ७ मासबारमा रहेको एन्जल्स मन्टेश्वरीको १५ औं अभिभावक तथा दिक्षान्त समारोह शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले वालवालिकाको प्रारम्भिक शिक्षाको बलियो जग बसाल्ने थलोको रुपमा मन्टेश्वरी स्थापित हुँदै गएको बताउनु भयो । उहाँले वडा नम्बर ७ भित्रका सबै शैक्षिक संस्थासंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले स साना बाबू नानीको प्रतिभा प्रस्फुटनले उनिहरु भविष्यमा उच्च मनोबलका साथ प्रस्तुत हुनसक्ने देखिएकोमा खुसी व्यक्त गर्नुभयो । मन्टेश्वरी एशोसियसन कास्कीका उपाध्यक्ष रितु पौडेलले एन्जल्स मन्टेस्वरी पोखराकै अग्रेणी मन्टेस्वरी भएको बताउदै थप उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

मदरल्याण्ड माद्यामिक विद्यालयका प्राचार्य नारायण बरालले एन्जल्स मन्टेश्वरी आफ्नै विद्यालय नजिक भएकोले पनि यस्का गतिविधि र शिक्षण सिकाइमा अभिभावक निस्चिन्त हुन सक्ने आधार आफुले देखेको बताउनुभयो । अभिभावकको तर्फबाट बोल्दै पत्रकार प्रल्हाद चन्द्र घिमिरेले आफु एन्जल्स मन्टेस्वरीको शिक्षण सिकाइ विधीबाट सन्तुष्ट रहेको बताउनु भयो ।

समारोहमा वडा नम्बर ७ का वडा सदस्य अर्जुन थापा ,श्री कृष्ण मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा चन्द्र बराल, मासबार आमा समुहका अध्यक्ष शारदा गिरी, पुस्करेस्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्ष पिताम्बर बराल लगायतले शुभकामना दिनुभयो ।

मन्टेश्वरीका प्राचार्य भवानी अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत विधार्थीको तर्फबाट शिवानी पौडेल , शिक्षकको तर्फबाट अल्पिका खत्री , धन्यवादज्ञापन मन्टेश्वरीका प्रबन्ध निर्देशक किशोर बराल र संचालन शिक्षिका शारदा गुरुङले गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीले आफ्न विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती राखेका थिए भने यूकेजी अध्ययनरत ११ जना बाबुनानी दिक्षित भएका थिए ।

एन्जल्स मन्टेश्वरी, कास्की क्षेत्रकै आठौं मन्टेश्वरीका रुपमा वि.सं. २०६६ सालमा स्थापना भएको हो । यस्का संस्थापक प्रचार्य भवानी अधिकारी हाल मन्टेस्वरी एशोसिएसन कास्कीका अध्यक्ष हुनुहुन्छ ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन