झापाको शिवसताक्षीमा दुईवटा बस ठोक्किँदा १२ जना यात्रु घाइते

author

समाचारपाटी

२ years अगाडि

झापा । झापाको शिवसताक्षीमा दुईवटा बस ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा झापा जिल्ला गौरादह नगरपालिका-१ का ४० वर्षीया सीता राजवंशी, गौरादह-३ का ३५ वर्षीया सुनिता कँडेल, गौरादह-१ का ३५ वर्षीय प्रियङ्का चौधरी, शिवसताक्षी नगरपालिका-१ का ८३ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, शिवसताक्षी-७ का २० वर्षीया सेनुम खजुम, शिवसताक्षी-८ का २७ वर्षीया रञ्जना थेगिम, कनकाई नगरपालिका -३ का २१ वर्षीया अञ्जली कार्की, कनकाई-३ का १७ वर्षीय नुमा लिम्बु, कनकाई-४ का २१ वर्षीया अबिसा कार्की, कनकाई-५ का ४० वर्षीया सरिता थोलुङ, इलाम फिक्कल-११ का ३६ वर्षीय फुर्वा मोक्तान, मोरङ सुन्दरहरैचा-३ का ६२ वर्षीया रिता कार्की रहेका छन्। 

घाइतेहरूको अनुहार, टाउको, खुट्टा, हातमा चोट लागेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका-८ स्थित डुडामारीमा आइतबार बिहान ११:२५ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ३४२२ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको प्र-१-०२-००१ ख ९२६२ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। 

प्र-१-०१-००१ ख ३४२२ नम्बरको बस यात्रु ओसार्न बस स्टेसनमा रोकी राखेको अवस्थामा प्र-१-०२-००१ ख ९२६२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयाे। उनीहरूलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको र अवस्था सामान्य रहेको डीएसपी रिजालले बताउनुभयाे। 

यता इलाका प्रहरी कार्यालय झिलझिलेले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ।  प्र १-०१-००१ ख ३४२२ नम्बरको बस चालक मेचीनगर-७ का २८ वर्षीय सरोज उराउ र प्र-१-०२-००१ ख ९२६२ नम्बरको बस चालक मोरङ उर्लाबारी-६ का ३० वर्षीय रामेश्वर धामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन