fbpx

‘आज राम्रो गर्ने बित्तिकै हिजोलाई बिर्सिनु हुँदैन’ हिजोको सम्मान गर्नुपर्छ’:-सुनिता डंगोल

author

समाचारपाटी

२ महिना अगाडि


काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्ने बताउनुभएको छ । 


शनिवार काठमाडौंमा नित्या रञ्जना युनिकोडको विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  उहाँले पुरानो पुस्ताले पनि नयाँ पुस्तालाई सम्मान र प्रोत्साहन दिनुपर्ने बताउनु भयो । उहाँले आज राम्रो हुने बित्तिकै विगतलाई नबिर्सिन आग्रह गर्नुभयो । देशको राजनीति र विकासमा नयाँ पुस्ता आउन जरुरी रहेको बताउनु भयो । राजनीतिमा आउने पुस्ताले पुरानाहरुलाई उत्तिकै सम्मान दिनुपर्ने बताउनु भउो । उहाँले रञ्जना लिपी जस्तै अन्य पुराना लिपीहरुको पनि संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुराना लिपीहरु लोप हुँदै गएको भन्दै त्यसलाई ब्युँताउन हरेक स्थानीय सरकारको भुमिका रहने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज राम्रो गर्ने बित्तिकै हिजोलाई बिर्सिनु हुँदैन । हिजोको सम्मान गर्नुपर्छ । सँगै हिजोलाई सम्मान गर्ने क्रममा हिजोले पनि आजलाई सम्मान र प्रोत्साहन दिनुपर्छ । रेकग्नाइज गर्नुपर्छ । यो महशुस गरेपछि हामीले सम्पदा र संस्कृतिको क्षेत्रमा मात्रै नभइ हरेक क्षेत्रमा काम गर्नसक्छौँ । अग्रजहरुले नयाँ पुस्ताको सम्मान गर्नुपर्छ । नयाँ पुस्ताको नयाँ तरिका हुन्छ । पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ काँधले बोक्ने आँट पनि चाहिन्छ । हामीसँग यति धेरै लिपीहरु छन् जुन अब मर्दै गएका छन् । त्यसलाई ब्युँताउने हो भने हरेक स्थानीय सरकारको भुमिका हुन्छ । आफ्नो भुमिका महशुस गर्नुपर्छ ।’

आजको सार्वजनिक गरिएको रञ्जना युनिकोड फन्ट विश्वका लागि निःशुल्क हुनेछ । सँगै देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो सबैभन्दा उन्नत र राम्रोसँग डिजाइन गरिएको रञ्जना फन्ट रहेको बताइएको छ । जुन स्क्रिन, प्रिन्टिङ र वेबका लागि पनि अनुकुलित छ । आधुनिक युगमा लिपीको संरक्षण र प्रवद्र्धन गर्न क्यालिजात्रा फाउण्डेशन र भारतको फन्ट डिजाइन कम्पनी इके टाइपको सहयोगमा रञ्जना युनिकोड फन्टको विकास गरिएको बताइएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...