fbpx

काठमाडौंको विभिन्न स्थानमा फोहोर टिप्ने बहानामा करिब एक करोड बराबरको चोरी

author

समाचारपाटी

३ महिना अगाडि

काठमाडौं । फोहोर टिप्ने बहानामा काठमाडौंको विभिन्न स्थानमा करिब एक करोड बराबरको चोरी भएको छ।,चोरीमा संलग्न भएका पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको समस्तीपुरका २६ वर्षीय विकास पोदार, वेगुसरा जिल्लाका २८ वर्षीय जितेन्द्र पोदार, बैशाली जिल्लाका २७ वर्षीय भाईलाल पोदार, समस्तीपुर जिल्लाका ४० वर्षीय संजय पोदार र समस्तिपुर जिल्लाका ५० वर्षीया मञ्जु देवी पोदार रहेका छन्।

उनीहरूले काठमाडौंको गोकणेश्वर नगरपालिका-४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट ६५ लाख, काठमाडौं महानगरपालिका-१० स्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी २५ लाख र गोकणेश्वर नगरपालिका-३ गीता राईको घरबाट सुन तथा चाँदीका गरगहना तथा नगद ४ लाख १० हजार रुपैयाँ चोरी गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनमाल चोरी गरी फरार रहेको घटनामा संलग्न रहेको आरोपमा २६ वर्षीय विकास पोदारलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको थियो। उनलाई सोधपुछ गर्ने क्रममा अन्य चार जनाको पनि नाम भनेपछि बाँकीलाई पनि पक्राउ गरिएको हो।

उनीहरूको साथबाट सुनका विभिन्न गरगहना गरी अन्दाजी ३१.९४ तोला र विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको छ। पक्राउ परेकालाई थप अनुसन्धान गर्नका लागि प्रहरी वृत बौद्ध पठाइएको छ।

annapurnapost


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन