fbpx

पोखरा –१५ को मासिक सरसफाइ अभियानको ५ औँ शृङ्खला सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा। पोखरा महानगरपालिका वडा नं – १५ ले मासिक रूपमा आयोजना हुँदै आइरहेको वृहत् सरसफाइ कार्यक्रमको ५ औँ शृङ्खला सम्पन्न गरेको छ ।

‘हाम्रो वडा,राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले मासिक रूपमा आयोजना गर्दै आइएको वृहत् सरसफाइ कार्यक्रम सेन्टमेरिज चोक, प्रतिभा टोल, कान्तिपुर मार्ग, नागबेली मार्ग, बनक्याम्पस गेट हुँदै हरियो खर्क गेट अगाडी पुगेर सम्पन्न गरेको हो ।

सरसफाइ कार्यक्रममा टोलवासी, आमा समूह, युवा क्लब, नागरिक समाज लगायत राजनीतिक दलको पनि सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाको ५ वर्षे रणनीति योजना अनुसार पूर्वाधारको विकास गरेर मात्र मानवीय विकास नहुने भन्दै यसका लागि महिला उद्यमशीलता, युवा स्वरोजगार, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि र पर्यटनसँग जोड्नु पर्ने र यी कामहरू सम्पन्न भए मात्र अबको मानवीय विकासमा अगाडी बढ्न सकिने बताउनुभयाे ।

उहाँले बाटोघाटो र पुल पुलेसा मात्र चिल्लो बनाएर नहुने भन्दै आफ्नो घर अगाडी र टोल सफा राख्न सके मात्र हामी स्वच्छ र स्वस्थ्य हुन सकिने भन्दै परिवारमा एक जना सदस्य मात्र बिरामी भए सिङ्गो परिवार मानसिक तनावमा हुने र केही गर्न नसक्ने हुँदा परिवार राम्रो हुनका लागि आफ्नो टोल सफा राख्नुपर्छ र व्यक्ति स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयाे ।

बानियाँले सरसफाइ अभियानका लागि मात्र वडाले यस वर्ष १७–१८ लाख बजेट बिनियोजन गरेको भन्दै टोल–टोलमा डस्टबिन वितरण लगायत फोहोर वर्गीकरणका लागि तालिमहरू सञ्चालन गरिने बताउनुभयाे।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक