fbpx

जिल्ला समन्वय समिति महासंघ गण्डकीको सपथ ग्रहण सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्बाचित गण्डकीको सपथ ग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ। गण्डकी प्रदेश समितिका अध्यक्ष पौडेलले निर्बाचित पदाधिकारी र सदस्यहरूलाइ सपथ गराउनुभएको थियो ।

कार्यक्रममा अध्यक्ष पौडेलले गण्डकी प्रदेशका जिल्ला समन्वय समितिहरू सक्रियताका साथ संविधानले तोकेको अधिकार प्रयोग गर्दै गुणस्तरीय परिणाम निस्कने गरि काममा उत्रन आग्रह गर्नुभयो । बिकासका काममा हुन सक्ने लापरबाही र ढिलासुस्ती बिकाराल देखिएको भन्दै सबै तहका सरकारहरूको समन्वयमा खडा भएको जिल्ला समन्वय समिती विशेष चनाखो हुनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्य बाबुराम बि. क. ,कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सोम बहादुर जि सि र संचालन सचिब सरस्वती बगालेले गर्नुभएको थियो। सपथ ग्रहण लगत्तै सो समितिको पहिलो बैठक समेत बसेको थियो । उक्त बैठकले जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठक गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने केन्द्रिय समिती लगायत सहयोगी सम्पूर्णमा हार्दिक आभार प्रकट गरेको छ।

त्यस्तै बैठकले जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूको क्षमता तथा दक्षता वृद्धि गर्न गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सङ्गको सहकार्यमा फागुन ७ गते विशेष प्रशिक्षण कार्यक्रम संचालन गर्ने , जिल्ला समन्वय समितीहरूलाइ कार्य सम्पादनका लागि प्रदेश सरकारले निर्माण गर्नुपर्ने कानुनहरूको सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उप -सचिब खड्गराज सुबेदिले जानकारी दिनुभयो।


काठमाडौं

आइतवार, बैशाख १६, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन