fbpx

पोखरामा एसईई प्रश्न बैंक निर्माण कार्यशाला जारी

author

समाचारपाटी

१ year अगाडि

पोखरा । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि पोखरामा एसईई प्रश्न बैंक निर्माण कार्यशाला सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परिक्षा पक्रियालाई व्यवस्थित गर्न बोर्ड लागि परेको बताउनुभयो । उहाँले विद्यार्थीलाई हामीले दिने ज्ञानले व्यवहारमा परिवर्तन हुन आवश्यक रहेको समेत औलाउनुभयो । स्थानीय तहमा समन्वय गर्नेकाम बोर्डले गरीरहेको बताउँदै उहाँले विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर आफ्नो विद्यालयलाई नमुना बनाउन तर्फ लाग्नुपर्ने बताउनुभयो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीले सद्यीय शिक्षा ऐन नआएको हुनाले प्रदेशमा शिक्षा ऐन ल्याउन अप्ठारो भएको बताउनुभयो । साथै उहाँले एसईई परिक्षामा प्रश्नपत्र निर्माण र संचालन गर्ने प्रदेशले जिम्मेवारी लिन खोज्नु सुखद कार्य रहेको बताउनुभयो । स्रोत व्यवस्थापन एसईई सञ्चालन देखि लिएर प्रश्न पत्र निर्माण र मुल्याङ्गन विषय अत्यन्तै प्रभावकारी रहेको स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रमको उदेश्यबारे बताउँदै शिक्षा विकास निर्देशनालयका निर्देशक अम्विका आचार्यले यस्तो किसिमको कार्यशाला ७ वटा प्रदेश मध्ये प्रदेशस्तरबाट भएको यो पहिलो कार्यक्रम रहेको बताउँदै विद्यार्थीको प्रतिभा प्रस्फुटन मात्र नभएर निर्देशनालयले शिक्षकको प्रतिभा प्रस्फुष्ट समेत गर्ने किसिमका कार्यक्रम तय गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा ईकाई समन्वय समितिका प्रमुख नारायण शर्मा, सहजकर्ता डाक्टर टिकाराम भट्ट, नेपाल शिक्षक संगठनका पुर्व अध्यक्ष जगन्नाथ अधिकारी, निर्देशनालयका उपसचिव नारायणप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।

कार्यशालामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विभिन्न विद्यालयका प्रध्यानाध्यापक, विषयगत शिक्षकहरुको सहभागिता रहेको कार्यशाला आइतबार सकिनेछ ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन