fbpx

अन्तरक्रिया कार्यक्रम गर्दै पोखरामा मनाइयो २९ औं आदिवासी दिवस

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । पोखरामा २९ औं विश्व आदिवासी दिवसको अवसरमा ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि भाषा ज्ञान सीप संस्कृतिको पुर्नजागृती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लोकोत्तर लोकवादी विचार अभियान, नाङसाल तामाङ सेवा समाज, ल्हस्यो ह्याङ्ला संस्कृति समाज तथा नाङसाल मिडिया प्रालिले सँयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आदिवासी दिवस मनाएको हो ।

अन्तरक्रिया कार्यक्रमकी प्रमुख अथिति गण्डकी प्रदेश सभा सदस्य पार्वतीतामाङले शुभकामना प्रदान गर्दै विश्वभर रहेका आदिवासी तथा जनजातिहरु एक हुन आवश्यक रहेको बताउनुभयाे । उहाँले नेपाल बहुभाषिक, बहुसांस्कृति तथा बहुधार्मिक देश भएकाले सम्पूर्ण समुदाय निर्णायक तहमा पहुँच स्थापना हुनुपर्ने धारणा राख्नुभयाे ।

प्रदेश सांसद तामाङले फरक प्रसंगमा बोल्दै पछिल्लो समय मगर, तामाङ तथा मुस्लिम समुदायमाथि अव्यवहारिक टिप्पणी दिएकी अधिवक्ता भगवतीपाण्डे (शितल) लाई कारवाही गरिनुपर्ने उल्लेख गर्नुभयाे । साथै उहाँले सो विषय गण्डकी प्रदेशको सदनमासमेत उठाउने प्रतिवद्धता जनाउनुभएकाे थियाे ।

उहाँले कुनैपनि जाति विशेष लान्छना लगाउने र जातिय सद्भाव भड्किने खालका अभिव्यक्ति दिन नहुने बताउनुभयाे ।
यस्तै नेपाल तामाङ घेदुङको पूर्व केन्द्रीय अध्यक्ष धन प्रसाद तामाङले ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि भाषा ज्ञान सीप संस्कृतिको पुर्नजागृती’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा भूमी आयोगको विज्ञ सदस्य सोम नेपाली, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ, लोक सम्पदा अनुसन्धान अभियानको अध्यक्ष याम घर्तीमगर, सामाजिक अभियन्ता तथा पहिचानवादी नेता निर्मल जिसी, तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रुद्र बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । प्रेम तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा साजन तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन चन्द्र ग्याबक तामाङ (मुस्कान) ले गर्नुभएकाे थियाे ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...