fbpx

आगलागीमा परेर गम्भीर घाइते २ युवालाई, उपचारका लागि काठमाडौं ल्याइयो

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । आगलागीमा परेर गम्भीर अवस्थामा पुगेका अछामको पञ्चदेव विनायक नगरपालिका ८ कोसेडीका २ युवालाई प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

यही फागुन ११ गते घरमा नै लागेको आगोमा परेपछि सोही ठाउँका २१ वर्षीय हिमराज रोकामगर र १९ वर्षीय पिरम रोकामगर गम्भीर घाइते हुनुभएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि उहाँहरुलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो ।

घाइतेमध्ये हिमराजको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरमको ३६ प्रतिशत जलेको जनाइएको छ । सुर्खेत अस्पताललेसमेत उपचार गर्न नसक्ने र काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष अपील गरेका थिए ।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेलाई काठमाण्डौ ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन