fbpx

बिटी कप:- लामागाउँ, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन सेमिफाइनल प्रवेश

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा। बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको अन्तिम चारमा लामागाउँ गुम्बा एफसी, रामघाट एफसी, एलसी ब्रदर्श र एट टु नाइन एफसी प्रवेश गरेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज ९मंगलबार० भएको पहिलो क्वाटरफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले एलबी आरवाइसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै लामागाउँ गुम्बा एफसी सेमिफाइनलमा प्रवेश गर्यो । लामागाउँको जीतमा सरोज तितुङ तामाङले २ गोल गरे । यस्तै अनुज भण्डारी र सन्तोष गुरुङले समान १ गोल गरे भने काठमाडौंको तर्फबाट करण खड्काले सान्त्वना १ गोल फर्काए ।

यस्तै दोस्रो खेलमा रामघाट एफसीले दिव्यज्योती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लामागाउँसँगको भेट पक्का गर्यो । रामघाटको जीतमा राजकुमार कुँवरले निर्णायक गोल गरे । अब रामघाटले लामागाउँविरुद्ध बुधबार दिउँसो १२ बजे प्रतिस्पर्धा गर्ने खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए ।

उनका अनुसार तेस्रो क्वाटरफाइनल खेलमा एलसी ब्रदर्श लामाचौरले एनटु क्याफे टुंडिखेलमाथि २–० गोल अन्तरले जीत निकाल्दै अन्तिम चारमा स्थान बनायो । एलसी ब्रदर्शको जीतमा धिरज मगरले २ गोलको योगदान दिए । यस्तै तारा एफसी र एट टु नाइन एफसीबीच भएको अन्तिम क्वाटरफाइनल खेल गोलरहित निर्धारित समयसकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले विजयी बन्यो । एट टु नाइन एफसीले अब सेमिफाइनलमा एलसी ब्रदर्शसँग भिड्नेछ ।

दुवै सेमिफाइनका खेल बुधबार हुनेछ भने फाइनल खेल बिहीबार सम्पन्न गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन