fbpx

सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्नुहुन्नः वर्षमान पुन

author

समाचारपाटी

८ महिना अगाडि

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्न नहुने बताउनुभएको छ ।

उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दबाब दिने गरेको जिकिर समेत गर्नुभयो । पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । निर्दोष कोही पनि नपरुन्, दोषी कोही पनि नउम्किने गरी सरकारले सुशासनको क्षेत्रमा काम गर्नुपर्ने उपमहासचिव पुनको भनाई थियो । उपमहासचिव पुनले कुनैपनि नागरिकको सामाजिक छवि नै सिद्धिने गरी आरोपित गर्ने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले सुशासनको कुरा उठेको छ । सुशासनमा अलिकति बेथितिहरुमाथि प्रहार भएको छ । तर यसमा सरकारलाई हामीले पनि बारम्बार भनिराखेका छौं कि त्यसमा दोषी मान्छेहरुको कोही पनि नउम्किउन, निर्दोष मान्छे एक जना पनि नपरोस् । राज्यको शक्ति एकदम संयमित हुनुपर्ने हुन्छ । राज्यको शक्ति व्यक्तिका लागि, नागरिकका लागि, संगठनको लागि ईमेज सिद्धिन्छ, भविष्य सिद्धिन्छ । परिवार सिद्धिन्छ । सामाजिक सम्बन्ध सिद्धिन्छ एउटा सानो आरोपले ।  राज्यले आरोप लगाउनु अगाडि धेरै सोच्नुपर्ने हुन्छ । त्यसो हुँदा राज्य कोहीप्रति पनि लक्षित जस्तो देखिनु हुन्न । राज्यसत्ता, राज्यको शक्ति  प्रतिपक्षतिर, सत्ताका गठबन्धनभित्र वा पार्टी भित्र, यस्तो जस्तो देखियो भने त्यसले अस्वस्थ, अमर्यादित खालको शक्ति दुरुपयोगको खतरा हुन्छ । त्यसैले हामीले बारम्बार प्रधानमन्त्रीजी, गृहमन्त्रीजी र सबै साथीहरुलाई भनिराखेका छौं—हामी कोही पार्टीकै नेता होउला । कोही नेताका परिवार होलान् । या कोही नजिकको साथी होला । यदी दोषी देखिन्छ भने कसैलाई छोड्नु हुँदैन । अरुअरु तिर होइन, पहिला आफूतिर हेर्ने हो । तर, निर्दोष छ भने त्यो भिक्टिम हुनु हुँदैन ।’

त्यस अवसरमा पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले मुलुकमा आर्थिक गतिविधि बढाउन पनि वैदेशिक ऋण भित्र्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको पनि स्मरण गराउनु भयो । 


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक