मुस्ताङमा यार्साबाट १४ लाख ४ हजार राजश्व  संकलन

author

समाचारपाटी

२ years अगाडि

जोमसोम । मुस्ताङमा यार्साबाट १४ लाख ४ हजार राजश्व  संकलन भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना, ईलाका संरक्षण कार्यालय जोमसोम मातहतका ४ वटा संरक्षण व्यवस्थापन समिति (सीएएमसी) ले आर्थिक वर्ष २०७९/०८० मा यार्सा संकलन अनुमतीपत्र वापत १३ लाख ३० हजार र एक्याप छोडपूर्जीबाट १ लाख ४ हजार राजश्व संकलन भएको हो।

मुस्ताङका ३ स्थानीय तहका ९ वटा लेंकका (सीएएमसी) मध्ये ४ वटा (सीएमसीा)ले मात्र यसवर्ष यार्सा संकलन अनुमती पत्र  दिएका थिए। जिल्लाको थासाङ गाउँपालिका वडा १ ,२ र जिल्लाको घरपझोङ—४ जोमसोम र वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथले यार्सा संकलन अनुमती पत्र वापत आन्तरिक राजश्व संकलन गरेको एक्याप जोमसोमले जनाएको छ। तर,जिल्लाको कुञ्जो,लेते,मार्फा,कागबेनी र झोङ गाउँको (सीएएमसी)हरुले यार्सा संकलन अनुमती दिएनन्।

यो वर्ष मुस्ताङका ४ वटा लेंकका (सीएएमसी)ले यार्सा संकलकबाट लेंकमा जानलाई प्रवेश अनुमती वापतको शुल्क वापत १३ लाख ३० हजार संकलन गरेका छन्। जसमध्ये वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ (सीएएमसी)ले सबैभन्दा धेरै ७ लाख ८० हजार आन्तरिक राजश्व संकलन गरेको छ। घरपझोङको जोमसोम (सीएएमसी)ले ३ लाख १० हजार,थासाङ—२ को कोवाङ (सीएएमसी)ले १ लाख ७० हजार र थासाङ—१ टुकुचे (सीएमसी)ले सबैभन्दा कम ३० हजार यार्सा अनुमती पत्र वापत आन्तरिक राजश्व संकलन गरेको एक्याप जोमसोमकी वन रेञ्जर धनु गुरुङले जानकारी दिनुभयाे।

यसैगरी मुस्ताङमा यसवर्ष साँढे ३ केजी यार्सा जिल्ला बाहिर निर्यात भएको जनाइएको छ। मुस्ताङका लेंकमा संकलन गरिएको यार्सा गोर्खाबाट आएका दुई जना व्यापारीले खरिद गरी छोडपूर्जी लैजाँदा १ लाख ४ हजार राजश्व संकलन भएको हो। उक्त राजश्व स्थानीय स्तरमा नभइ सरकारी राजश्व कोषमा दाखिला भएको वन रेञ्जर गुरुङले उल्लेख गर्नुभयाे। उहाँका अनुसार गोर्खाका व्यापारी मध्ये एक जनाले २ केजी ३५५ ग्राम र अर्का व्यापारीले १ केजी २२ ग्राम यार्साको छोडपूर्जी राजश्व एक्यापमा बुझाएका थिए।

यार्सा तथा अन्य हिमाली जटिबुटी जिल्ला बाहिर निर्यात गर्दा खरिदकर्ताले स्थानीय तहको वडा कार्यालय, प्रहरी,सीएएमसी र एक्याप कार्यालयको सहमतीमा छोड पूर्जी लिनु पर्ने हुन्छ। यसरी निर्यात गर्दा वडा कार्यालय पनि खरिदकर्ताबाट बेग्लै राजश्व संकलन गर्छन्। यार्सा तथा वन्य जटिबुटीको कारोबार गर्दा निर्यात गर्ने व्यक्तिले संकलन गरेको जटिबुटीको संयुक्त मुचुल्का उठाएर निर्यातका लागि छोडपूर्जी लिनुपर्ने प्रावधान रहेको एक्याप जोमसोमको भनाइ छ।

तर, मुस्ताङका एक्याप मातहतका (सीएएमसी)ले यार्सा तथा अन्य जटिबुटीबाट उठाएको रकम उनीहरुले नै राख्न पाउँछन्। (सीएएमसी)ले संकलन गरेको रकम सामाजिक कार्य तथा आन्तरिक प्रयोजनमा खर्च गर्ने गरेका छन्।

मुस्ताङमा बर्सेनि बैशाख महिनादेखि असार महिनासम्म यार्सा संकलन हुन्छ। यहाँ संकलन गरिएको यार्सा आन्तरिक फुटकर रुपमा बिक्री हुने गरेकाले निर्यातबाट खासै ठूलो मात्रामा राजश्व उठ्दैन। यार्सा संकलन गर्न रोल्पा,दाङ,धादिङ,गोर्खा,बाग्लुङ र म्याग्दी मानिस मुस्ताङ आउने गर्छन् भने मुस्ताङका आशिंक स्थानीय पनि यार्सा संकलनमा जुट्छन्।

annapurnapost


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.८१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन