fbpx

‘विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्दैछु’:- प्रधानमन्त्री पुष्पकमल दाहाल

author

समाचारपाटी

४ महिना अगाडि

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढिरहेको बताउनुभएको छ । 

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा १३१ औं माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामहरुका बारेमा जनतालाई जानकारी गराउने बताउनु भयो । उहाँले परम्परा तोडेर प्रधानमन्त्रीको रुपमा नयाँ काम गर्ने योजना आफ्नो रहेको बताउनु भयो । उहाँले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरुलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरुसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सरकारको कुरा त अहिले भन्न सम्भव छैन । आज मैले प्रधानमन्त्रीको हैसियतमा राष्ट्रको नाममा सम्बोधन गर्र्दैछु । त्यसको अन्तिम तयारी भइरहेको छ । त्यसमा मुख्यता एक वर्षमा हामीले के काम गर्यौं ? के गर्न पाएनौँ, सकेनौँ, कहाँ जोड दिनुपर्छ भन्नेकुरा र भोलिदेखि अर्को वर्ष शुरु हुन्छ, हामीले त्यो नयाँ वर्षमा कस्ता काम प्राथमिकतामा राख्छौँ ? मैले भनेको छु, अलिकति परम्परा बसेको कुरालाई तोडेर नयाँ काममा जाने काम शुरु गरेको छु । सिंहदरबारको कामलाई र मन्त्रालयको कामलाई मन्त्री र मन्त्रालयका सचिवहरुले कति काम गरे की गरेनन् । किन गरेनन् के भयो भन्नेकुरालाई आफैँ १० बजे सिंहदरबार उपस्थित हुने र मन्त्रीहरुसँग विस्तृत रुपले छलफल गर्ने र परिणाम निकाल्ने तयारी गर्नु भनेको छु । त्यो कामको शुरुवात म आफैँले गरेको छु । आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी तयारी गरिसकेको छु । अर्को वर्ष हामीले विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउनै पर्छ ।’प्रधानमन्त्री दाहालले अर्को वर्ष विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी आफू अघि बढीरहेको बताउनु भयो । 


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२५.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक