fbpx

प्रतिभा माध्यमिक विद्यालयमा‘स्पोर्टस् मीट’का उत्कृष्ट विद्यार्थी पुरस्कृत

author

समाचारपाटी

४ महिना अगाडि

पोखरा । पोखराको नदिपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले स्पोर्टस् मीट २०८० मा उत्कृष्ट विद्यार्थीलाई शुक्रबार एक समारोहका बीच पुरस्कृत गरेको छ ।

अन्तरसदनात्मक प्रतिष्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई शिल्ड, मेडलले पुरस्कृत गरिएको हो । स्पोर्टस् मीटमा हरियो, रातो, पहेंलो र निलो सदन गरी समूहगत रुपमा विद्यार्थीहरुले विभिन्न खेलहरुमा स्पर्धा गरेका थिए ।

साथै, कक्षागत रुपमा बेस्ट स्टुडेन्ट अफ द मन्थ अवार्ड पनि प्रदान गरिएको थियो । विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेल, प्रिन्सिपल किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुलीलगायतले पुरस्कार प्रदान गर्नुभयाे । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पौडेलले गुणस्तरीय शिक्षामा अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि आफूलाई अग्रपंक्तिमा उभ्याएको बताउनुभयाे ।

पौडेलले प्रतिभाले खेलकुदको क्यालेन्डर नै बनाएर खेल गतिविधि गर्दै आएको बताउनुभयाे । ‘खेलकुद बिना अनुशासन पनि हुदैन । स्वस्थ जीवन बनाउने आधार नै खेलकुद हो,’ पौडेलले भन्नुभयाे, ‘खेलकुदबाट अघि बढ्ने अवसर पनि छ । त्यसैले खेलकुदलाई विद्यालय तहमै प्राथमिकता दिने गरिएको छ ।’ विद्यार्थी भित्र लुकेको खुबी देखाउने एउटा अवसर खेलकुद रहेको उहाँले बताउनुभयाे ।

प्रिन्सिपल किरण सापकोटाले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञानमा विद्यालयले जोड दिएको उल्लेख गर्दै मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको बताउनुभयाे । कार्यक्रमको अध्यक्षता समेत गरेका सापकोटाले भन्नुभयाे– ‘प्रतिभा स्कुल परीक्षा परिणाममा मात्र अब्बल होईन कि खेल गतिविधिमा पनि उत्तिकै अब्बल छ । विद्यार्थीको सर्वाङिगण विकासका लागि विभिन्न खेल गतिविधि गर्दै आएका छौँ ।’

विद्यालयका अतिरिक्ति क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहप्राचार्य प्रदीप खनालले स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गर्नुभयाे ।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक