fbpx

पाल्पा हाउसमा पूर्वखोलाका कृषि उपज तथा उत्पादनहरु बिक्री वितरण गरिने

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखराको न्यूरोडस्थित पाल्पा हाउसमा पूर्वखोला गाउँपालिकाका कृषि उपज तथा पशुजन्य उत्पादनहरु बिक्री वितरण गरिने छ । पाल्पाको पूर्वखोला गाउँपालिका र समाज उत्थान सहयोगी संस्था देवीनगर पाल्पाको प्रतिनिधि मण्डलको आइतबार पाल्पा हाउसमा स्वागत तथा अन्तक्रियामा गाउँपालिकामा उत्पादित कृषि उपज तथा पशुजन्य उत्पादन पाल्पा हाउसमार्फत पोखरामा बिक्री वितरणका लागि सहमति जुटेको हो ।

सो कार्यका लागि पालिकाले आवश्यक बजेट व्यवस्था गर्ने, पाल्पा हाउस प्रालिमार्फत उचित मूल्यमा कृषि उपजको बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनेबारे दुवै पक्षबाट सहमति जुटेको पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले बताउनुभयाे ।

कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई लगायत पालिकाका सबै वडा अध्यक्षहरु, वडा सदस्यहरु र समाज उत्थान सहयोगी संस्थाका अध्यक्ष मोहनबहादुर रखाल लगायतको सहभागिता थियो ।

कार्यक्रममा पाल्पा हाउसका संचालक तथा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियार, पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराई, समाज उत्थान सहयोगी संस्थाका अध्यक्ष मोहनबहादुर रखाल लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कम्पनीका संचालक तथा समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल र सञ्चालन हाउसका संचालक खेम सारुले गर्नुभएकाे थियाे ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन