fbpx

योजना बाहिरका कार्यक्रम बजेटमा आउँदा समस्या भयोः राखेप सदस्यसचिव टंकलाल घिसिङ

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको सरोकारवाला निकाय राखेपले प्रश्ताव नै नगरेको वा जानकारीमा नै नभएको शिर्षक बजेटमा समावेश भएर आउने गरेको बताउनुभएको छ । 


राखेपद्वारा मंगलवार आयोजित खेलकुदमा योजना र बजेट कस्तो ? भन्ने शिर्षकमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्यसचिव घिसिङले उक्त दुःखेसो गर्नुभएको हो । राखेपले नबनाएको योजना, परिकल्पना, प्रश्ताव बजेटमा समावेश हुँदै आएको गलत प्राक्टिस सामना गर्नुपरेको सदस्यसचिव घिसिङको भोगाइ छ । खेलकुदमा यसैपनि थोरै बजेट हुने र त्यसमा पनि कार्यक्रमहरू गर्न आफ्नो नियन्त्रणमा हुने नगरेको बजेट आउनुले समस्या भइरहेको उहाँको बुझाइ छ । 

उहाँले खेलकुदको निकायसँग प्राविधिक जानकारी बिना नै रंगशालामा बनिरहेको भन्दै चर्को आलोचना गर्नुभयो । सम्बन्धित खेलविज्ञ, खेल संघ या सरोकारवाला निकायसँग नै छलफल नगरी मापदण्डविपरीत केही संरचना बनिरहेको उल्लेख गर्नुभयो ।  खेलकुद संरचना बन्नु राम्रो पक्ष भएपनि त्यसको प्राविधिक पक्षबारे चेकजाँच गराएर मात्र संरचना बनाउन आग्रह गरेका छन् । सदस्यसचिव घिसिङले सातै वटा प्रदेशमा भएका भौतिक पूर्वाधारको अवस्थाबारे परिषद्ले मूल्यांकन गरिरहेको उल्लेख गर्दै त्यसको स्तरोन्नती र संरक्षणका लागि स्थानीय निकायलाई सहभागी गराउने गरी योजना बनिरहेको बताउनु भयो । परिषद्ले आफैँले राख्नुपर्ने संरचना बाहेक अधिकांश संरचना स्थानीय निकायलाई सुम्पिने उनले बताउनु भयो । 

उहाँले खेल्ने मैदान या कभर्डहल बनाउनुभन्दा पनि ठूलाठूला रंगशाला निर्माण गर्न होड बाजी भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न आवश्यक रहेको बताउनु भयो । प्रत्येक नगरपालिका या वडामा पनि स्टेडियमभन्दा पनि ट्रेनिङ सेन्टर बनाउन स्थानीय निकायलाई आग्रह गर्नुभयो । खेलाडी पलायनलाई रोक्न आगामी बजेटमा केही योजनाहरू समावेश हुने राखेप सदस्यसचिव घिसिङको विश्वास छ । खेलाडी स्वरोजगारका निम्ति केही आफ्नै मन्त्रालयअन्तर्गत युवा स्वरोजगारसँग सहकार्यमा केही कार्यक्रमहरू बजेटमा उल्लेख गर्ने सदस्यसचिव घिसिङले आशा व्यक्त गर्नुभयो । उहाँले न्युनतम ब्याजदरमा खेलाडीलाई ऋण उपलब्ध गराउने जस्ता योजना बनिरहेको समेत बताउनु भयो । 

खेलाडी पुरस्कारमा ढिलाई भइरहेको अवस्थामा अबको बजेटमा रातो कितावमा नै पुरस्कार शिर्षकमा बजेट समावेश हुने वातावरण निर्माणको काम भइरहेको सदस्यसचिव घिसिङ विश्वास छ । खेलाडीले यति सफलता पाउँछन् र यति मात्रामा पुरस्कार रकम आवश्यक हुन्छ भन्ने पूर्वनिर्धारण गर्न नसकिए पनि निश्चिम रकम भने बजेटमा राख्ने उहाँको विश्वास छ । आगामी बजेटमा खेलाडीको स्वास्थ्य विमा लगायत विषय समावेश हुने उहाँको भनाइ छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक