fbpx

संघीय सरकारले प्रदेशलाई अधिकार दिनुपर्योः राष्ट्रिय सभा सांसद पुडासैनी

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय सभाकी सांसद विष्णुदेवी पुडासैनीले सरकारले प्रदेशलाई अधिकार दिनेगरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 


वागमती प्रदेश अन्तर्गतको राजधानी काठमाडौको नै सडक, पानी, बिजुलीको अवस्था दयनीय रहेकाले पनि प्रदेश सरकारले यसमा काम गर्नसक्ने गरी प्रदेशको अधिकारको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताउनु भयो । शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रदेश सरोकार समयमा बोल्दै सांसद पुडासैनीले विकास, निर्माणको कामको अनुगमन गर्ने काममा पनि तिब्रता दिन सरकारसँग माग गर्नुभयो । उहाँले वागमती नदी सफाईमा ध्यान दिन पनि सरकारलाई दबाब दिनुभयो । वागमती नदी ढलमतीमा परिणत भएकाले यसको सफाईमा सरकारले विशेष जोड दिनुपर्ने सांसद पुडासैनीको भनाई थियो । 

उहाँले भन्नुभयो, ‘आराध्यदेव पशुपतिनाथ, जुन ठाउँमा सम्पूर्ण नेपालीहरु भगवान पशुपतिनाथको दर्शन गर्न आउँछन् भने मृत्युवरण गरेका व्यक्तिहरुलाई पनि व्रम्हनालमा लगेर जल दिने व्यवस्था छ । तर अब अहिले बागमतीको अवस्था कस्तो छ भने यो ढलमतीमा परिणत भएको छ । त्यो जल झिकेर मत्यु भएका व्यक्तिलाई दिन नसक्ने अवस्था छ । त्यसका लागि आजको यो सदनले पनि ध्यानाकर्षण गरेर वागमती नदी सफा गर्नुपर्छ भन्ने मलाई लाग्छ । काठमाडौंमा सडक खाल्डैखाल्डो पारिएको छ । अहिले एउटाले पिच गरेको हुन्छ, अर्कोले खनिराखेको हुन्छ । यस्ता कुरा पनि सरकारबाट हेरिएको छैन । साँच्चनै वागमती प्रदेशको अवस्था दयनीय नै छ । यसका लागि म सम्माननीय सदनमार्फत काठमाडौं भन्नु मात्रै हो, बत्ती मुनिको अँध्यारो जस्तो छ । यहाँको अवस्था असजिलो नै असजिलो छ । हेर्दाखेरी सबैले सरकार यही छन । सबै राम्रो होला भन्यो । प्रदेशका माननीयहरुलाई सोध्यो, सडक, बाटोको अवस्था बारे । उहाँहरुले हामीलाई अधिकार नै नभएको भन्नु हुन्छ । संघीय सरकारले प्रदेश सरकारपनि अधिकार दिनुपर्यो नि । प्रदेशलाई अधिकार पनि दिनुपर्यो । यसलाई हेर्ने मूल्यांकन र अनुगमन पनि गरेर विकास, निर्माणको काम गर्नेतिर जानुपर्यो । जनताको मन छुने काम गर्नुपर्यो ।’
सांसद पुडासैनीले वागमती प्रदेशमा पनि मकवानपुर, रसुवा, रामेछाप लगायतका जिल्लाहरु विकट अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई सुगम बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन