राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले गोरखकाली रबर उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रदेश सरोकार समयमा बोल्दै उहाँले पालुङटार विमानस्थल पनि सुचारु गराउन सरकारलाई दबाब दिनुभयो । उहाँले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन ढिलाई भएकोभन्दै आपत्ति समेत जनाउनु भयो । सांसद सुनारले गण्डकी प्रदेश अन्तर्गत रहेको पोखरा पर्यटकीय नगर हेर्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले जडिबुटीको पनि भण्डारको रुपमा रहेको सो प्रदेशको विकासमा लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
सांसद सुनारले भन्नुभयो,‘गोरखकाली रबर उद्योग र पालुङटार विमानस्थल अहिले बन्द अवस्थामा छन् । त्यसलाई चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन माग गर्दछु । ’सांसद सुनारले सो प्रदेशको खेतीयोग्य जमिनका लागि सिंचाईको आवश्यक व्यवस्था पनि मिलाउनुपर्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल