fbpx

‘मुस्ताङमा आगामी वैशाखबाट वियरको बोतल निषेध हुन्छ’ :- मोहनसिङ लालचन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले वैशाखदेखि पालिकामा वियरको बोतल निषेध गरिने बताउनुभएकाे छ । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले हिमाल पारीको जिल्ला मुस्ताङमा
मंगलबार आयोजना गरेको घरपझोङ गाउँपालिकाको समृद्धिमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष लालचनले उक्त कुरा बताउनुभएकाे हाे । सिसाको बोतल नकुहिने र गाड्दा समेत कयौं वर्ष रहने भएकाले वातावरणीय आधारमा समेत आफूहरुले सिसाको सिसा बोतललाई निषेध गर्ने उहाँले जानकारी दिएकाे हाे ।

‘वातावरणीय हिसाबमा फोहोर हुने भएको र नकुहिने भएको २०८० सालको वैशाखबाट हामीले यो निर्णय लागू गर्ने भएका हौं,’ गाउँपालिका अध्यक्ष लालचनले भन्नुभयाे । एक फरक प्रशंगमा उहाँले सरकार परिवर्तन धेरै भएकाले आफूहरुलाई थप चुनौती
थपिएको र समन्वयमा समस्या उत्पन्न भएको बताउनुभयाे । ‘एउटा सरकारको मन्त्रीलाई आफ्नो समस्या राख्यो, समाधान नहुँदै अर्को मन्त्री आइसक्छन्, त्यस्तो हुँदा हाम्रो समस्या समाधान हुन सकिरहेको छैन,’ उहाँले भन्नुभयाे, ‘समस्या समाधानका लागि
समन्वय गर्न समस्या हुँदा यहाँका समस्या ज्युँका त्युँ छ ।’

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा जिल्लाको न्यायिक समितिका संयोजक जमुना थकालीले जिल्लामा अझै पनि मुखिया प्रथा कायमै रहेकाले आफूसम्म धेरै जस्तो समस्या नै नआउने बताउनुभयाे । मुस्ताङको मात्रै नभएर नेपालका प्राय महिलाहरु अहिले पनि पछाडि नै रहेको उपाध्यक्ष थकालीको भनाई थियो । मुखियाले नै आम नागरिकको समस्या समाधान गर्ने भएकाले स्थानीय सरकारको महत्वका विषयमा आफूले नै बुझाउन नसकेको हो कि भन्ने भान हुन थालेको उहाँको भनाई थियो ।

जिल्लाका महिलालाई व्यवसायिक र आर्थिक रुपमा सवल बनाउन गाउँपालिकाले तालिम सञ्चालन गरेको भएपनि सहभागिता निकै कम हुने गरेको उपाध्यक्ष थकालीको गुनासो छ । ‘यहाँका महिलालालई समसामयिक विषयमा आयोजना हुने कार्यक्रम तथा तालिममा सहभागिता जनाउने विषयमा बुझाउन अझै कठिन छ,’ उहाँले भन्नुभयाे ।

फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली, फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगर लगायतले फोनिज गण्डकी र स्थानीय तह बिच सहकार्य गर्दै अघि बढ्नु आवश्यक रहेको बताउनुभएकाे थियाे ।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक