fbpx

सुहाङलाई मत माग्दै ओलीले भन्नुभयोः देश बनाउने युवा हुन्, जिताउनुस्

author

समाचारपाटी

२ हप्ता अगाडि

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान गर्नुभएको छ ।

बुधवार इलामको मंगलवारे बजारमा आयोजित चुनावी सभामा बोल्दै उहाँले देश बनाउने संकल्प बोकेर हिँडेका सुहाङ इलामेली जनताको साझा उम्मेदवार भएकाले उसैलाई जिताउनुपर्ने बताउनुभएको हो । अध्यक्ष ओलीले देश बनाउने योजना, गन्तव्य र उद्देश्य सुहाङसँग रहेको र त्यसलाई साकार पार्ने एमाले पार्टी भएको जिकिर पनि गर्नुभयो । सुहाङले इलाम बनाउने अवसरको रुपमा सांसद पदलाई उपयोग गर्न चाहेकाले पनि इलामेली जनताले मतदान गरेर निर्वाचनमा अत्याधिक मतका साथ विजयी गराउनुपर्ने उहाँको भनाई थियो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘देश बनाउन भन्ने संकल्प बोकेर हिँडेको युवा व्यक्तित्व, एक्लै देश बन्दैन । बिना योजना, विना उद्देश्य, बिना गन्तव्य देश बन्दैन । गन्तव्य बोकेर, उद्देश्य बोकेर हिँडेको युवा भनेर मैले सुहाङ नेम्वाङलाई भने । किनभने गन्तव्य भएको, कहाँ पुग्ने हिँडेको भन्ने थाहा भएको, देश बनाउने संकल्प बोकेको सांसद हुने मात्रै उद्देश्य होइन । सांसद हुने भनेको त काम गर्ने एउटा अवसर हो । माध्यम हो । देश बनाउने उद्देश्य बोकेको युवा उम्मेदवार हुन सुहाङ ।’अध्यक्ष ओलीले अन्य दलका उम्मेदवारमा देश बनाउने योजना र संकल्प दुवै नभएको दावी समेत गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक