fbpx

पार्टीको अनुमति बिना विदेश नजान एमालेका सांसदहरुलाई केपी ओलीको निर्देशन

author

समाचारपाटी

३ हप्ता अगाडि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।


सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराउनुभएको हो । पार्टी संसदीय दलका नेता समेत रहनुभएका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरुले विभिन्न कार्यक्रममा जान सक्ने बताउनु भयो । विगतमा सांसदहरुले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाई थियो । अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नसफस्नका लागि पनि पार्टीका सांसदहरु सावधानी अपनाउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘समितिका बैठकहरुमा हाम्रो भुमिका एफसेन्ट होइन, एफसेन्ट कारण चाहिन्छ । र माननीयजीहरु कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ । माननीयहरु कहाँ हुनुहुन्छ ? बिना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिउँ । विना इजाजत विदेश भयो भने त्यसले सन्देश पैदा गर्छ कसको निमन्त्रणामा गएको हो भनेर । हाम्रै पनि साथीहरु, अरु पटीका पनि साथीहरु विना कसुर पनि, बिना दोष पनि अरुको फसाईमा फसेर कोही रातो पासपोर्ट काण्डमा परेका छन् । अर्को पटक उम्मेदवार पाएका छैनन् । त्यस्तो भएको छ । कारबाहीमा पर्नुपरेको छ । त्यसकारण यस्ता कुराहरुमा पार्टीलाई इन्फम गरायो भने पार्टीले बचाउँछ, जोगाउँछ । गल्ती हुनबाट जोगाएपछि सबै कुराबाट जोगिन्छ । पार्टीलाई जानकारी नगराई क्रियाकलाप गर्न खोजियो भने अनेक अफ्ठ्याराहरुको फेला परिन्छ । आज सहकारीको नाममा ठगीहरु, ठगहरु तपाई हामीले देखेका छौं । अर्वौका ठग । त्यसकारण ठगहरु पनि छन । त्यो कुरा ख्याल राख्नुपर्छ । म सबै कुरा बुझीहाल्छु भन्ने होइन । नबुझ्न सकिन्छ । त्यसकारण कमसेकम दलका प्रमुख सचेतक उहाँहरुलाई जानकारी गराउनु पर्छ यस्तो निम्ता आएको छ । कस्तो निम्ता, कहाँको निम्ता, जान मिल्ने हो कि होइन ? मिल्ने परिस्थिति छ कि छैन ? कहिले कहिले प्रदेशसभामा यस्तो देखिएको छ । यही पनि त्यस्तो देखिएको छ । को–को सदस्यहरु बाहिर हुनुहुन्छ ? थाहा हुँदैन । पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई पछि नभने पनि हुन्छ । आफैँ सावधान रहनुपर्छ । ’


अध्यक्ष ओलीले कुनैपनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जवाफदेही नहुने पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक