fbpx

अदालतले जनतालाई मर्का नपर्नेगरी न्याय निरुपण गर्नुपर्छः केपी शर्माओली

author

समाचारपाटी

३ हप्ता अगाडि

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई मर्का नपर्नेगरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गर्नुभएको छ ।


शनिवार काठमाडौंमा बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीले जनताको विश्वास घट्ने गरी न्याय निरुपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण गराउनु भयो । पर्याप्त सोच विचार बिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने खालको न्याय निरुपण नगरी अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले व्यक्तिको अधिकार सामुहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरुपण गर्दा अदालतले सो विषयलाई पनि गम्भिरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘म न्यायालयलाई पनि के आग्रह र अनुरोध गर्न चाहन्छु भने खाली कानूनको पुस्तकमात्रै पल्टाएर न्याय गरिएजस्तो अथवा पर्याप्त सोच विचार विना न्याय गरिएजस्तो जनताको विश्वास घट्नेगरी न्याय निरुपण अदालतले नगर्दाखेरी राम्रो हुन्छ । वास्तविकता यथार्थ बुझेर सबै पक्ष हेरेर आम जनतालाई मर्का नपर्नेगरी गरे हुन्छ । व्यक्तिका अधिकार पनि सुरक्षित हुनुपर्छ । तर व्यक्तिका अधिकार साँँच्चैको अधिकार हो कि होइन ? भन्नेकुरा पनि हेर्नुपर्छ । र व्यक्तिका अधिकारको कुरा गरिरहँदा सार्वजनिक स्थलहरुमा समुदायको हितहरु जोडिन गएभने व्यक्तिका हित गौण हुने गर्दछ । त्यसकारण उचित हित  हो कि होइन ? व्यक्तिका ती कुराहरु पनि हामीले हेर्नुपर्छ भन्ने मलाई लाग्छ । अव केही हुँदैन, केही हुँदै भएको छैन भन्ने होइन । नेपालमा भईराखेको छ । कामहरु भईराखेको छ । यो बीचमा ३ वर्ष यस अघि विकासले गति लिईसकेको ठाउँमा यो ३ वर्ष अर्थतन्त्र ओरोलो लाग्यो । राजनीति अस्थिर भयो । असभ्यता बढ्यो समाजमा । अराजकता बढ्यो समाजमा । के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने ? जस्ता कुराहरु भएनन् ।’


अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकास निर्माणको काम आरोलो लागेको जिकिर गर्दै अब क्रमशः अघि बढ्ने दाबी समेत गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक